उदयपुर । उदयपुरको भित्री मधेसमा यतिवेला लहलह परेको हरियो धान जताजतै देख्न पाइन्छ ।
खेतका गह्रा तथा फाँटहरु हरियो लहलह परेको धानको बोट हेरिरउँझै भएको छ । हरियो धानले उदयपुरको भित्री मधेस सिँगारिएको छ । यहाँका नेपालटार, रिस्कु, कटारी, गाईघाट, बेल्टारलगायतको क्षेत्रमा हरियो धानको खेत देख्न पाइन्छ । उदयपुरका कटारी, चौदण्डी, त्रियुगा, बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाको अधिकांश भाग भित्री मधेसमा पर्दछन । गुणस्तरीय मानिने बासमती धान अचेल पाउन मुस्किल छ ।
सिँचाइको उचित व्यवस्थापन हुन नसक्दा र खेतीयोग्य जमिनको खण्डीकरण भएकाले त्रियुगा नदी तटीय क्षेत्रको रैथाने बासमती धान लोप हुँदै गएको हो । विस्थापित रैथाने धान विभिन्न जातका हाइब्रिड जातका धानले स्थानीय जातको रैथाने धान लोप हुन थालेको छ।
भित्री मधेसका क्षेत्रमा उत्पादन हुने बासमती, पहाडी क्षेत्रको पोखरेलीलगायतका जातका धान लोप हुँदै गएका हुन् । उन्नत जातको धान (हाइब्रिड) को विकाससँगै पुरानो र परम्परागत खेतीमा प्रयोग गरिने धान लोप हुँदै गएको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान हरि चौंलगाईले बताए । ‘बासमतीलगायतका विभिन्न जातका धान लोप हुँदै गएका छन्,’ उनले भने, ‘धानमा पर्याप्त सिँचाइ र कम्पोस्ट मलको प्रयोग गर्न नसक्दा समस्या आउने गरेको छ ।’
खेतीयोग्य जमिनको खण्डीकरणसँगै स्थानीय जातका धानको खेती कम हुन थालेको हो । परम्परागत खेतीमा जस्तो अहिलेको आधुनिक खेती प्रणालीमा बासमती धान नफल्ने किसानहरुको भनाइ छ । उदयपुरमा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । तीमध्ये अधिकांश भाग भित्री मधेसमा पर्दछ । धान खेती हुने स्थानमध्ये सात हजार ३०३ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । समयमै पानी परेकाले यसपालि किसाले समय धान रोपाँइ सम्पन्न गरेका थिए । अहिल् त्यही धान खेतमा हरियाली भएको छ । धान खेत हेर्दै उदयपुरका पत्रकार सुखिलाल चौधरी भन्छन, ‘हरियो धान उदयपुरको शासन ’
फोटो फिचर
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)