उदयपुर । शिक्षालाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजारसँग जोड्न प्राविधिक शिक्षा आवश्यकता रहेको बताइएको छ । मनमोहन प्रविधिक विश्वविद्यालयका स्कुल अफ ईन्जिनियरिङ डीन प्राध्यापक प्रचण्डमान श्रेष्ठले विहीबार गाईघाटमा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘प्राविधिक शिक्षामा आत्मनिर्भर भई आफ्नै उत्पादनमा रमाउने, व्यवसाय गर्ने, आफ्नै कमाई खाने संस्कृतिको विकास नहुन भनेको प्राविधिक शिक्षा नहुनु हो ।’ उहाँले शिक्षालाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजारसँग जोड्न सक्ने शिक्षा पद्धति आजको आवश्यकता रहेको पनि बताउनु भएको छ । उत्पदनमुखी शिक्षा प्रणालीमा दीक्षित, व्यवहारिक र आत्मनिर्भरता तर्फ उन्मुख जनशक्तिले मात्रै मुलुक रुपान्तरण हुने भएकाले प्राविधिक शिक्षा जरुरी रहेको पनि श्रेष्ठको भनाइ रहेको छ ।
श्रेष्ठले पत्रकार सम्मेलनमा प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवनोपयोगी बनाउने उदेश्यले मनमोहन प्रविधिक विश्वविद्यालय स्थापना भएको बताउँदै भन्नुभयो, ‘गएको २०७६ असोजमा स्थापना भएपनि धेरै विद्यार्थीहरु बेखबर जस्तै छन्, त्यसको प्रचारप्रसारमा जुटेका छौँ ।’ देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा स्थानपना भएको उक्त विश्वविद्यालयमा कोशी प्रदेश सरकारले लगानी गरेको छ ।
कोसी प्रदेश सरकारले आर्थिक उन्नती, प्रगती र सम्बृद्धिको लागि चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने मनसायले देशमै पहिलोपटक मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू) स्थापान गरेको वर्णन गर्दै श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्च स्तरीय प्राविधिक जनशक्ति उत्पदन गर्ने, बहुप्राविधिक विश्व विद्यालयको अवधारणा अनुरुप प्रतिस्प्रर्धात्मक, गुणस्तरयुक्त, उपलब्धीमुलक र अन्तराष्ट्रिय विकाससँग आवद्ध गर्न सक्ने मानव संशाधन विकास गर्न र, विज्ञान, प्राविधिक तथा व्यवसायिक क्षेत्रको ज्ञान र सीपका साथै सान्दार्भिक अनुसन्धानलाई व्यापक एवंम व्यावहारिक र समय सापेक्ष बनाउने एमटिय उदेश्य रहेको छ ।’
एमटियूमा जम्मा तीन वटा स्कुलहरु रहेका छन् । विज्ञप्तिका अनुसार स्कुल अफ इन्जिनियरिङ्ग, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाईड हेल्थ साइन्सेज संचालनमा छन् । गएको आर्थिक वर्ष २०७८/०७९ देखि स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत स्नातक तहको बीइइन सिभिल इन्जिनियरिङ्ग र बीइइन इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग अन्तर्गत पठनपाठन भइरहेको पनि जनाइएको छ ।
गत आर्थिक वर्ष २०७९/२०८० देखि मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज तर्फको बीफार्म कक्षाको पनि पढाई सुरु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा डीन श्रेष्ठले एमटियूको दश वर्षे कार्ययोजना रहेको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘एमटियू दश वर्षे शैक्षिक कार्य योजना र विभिन्न विषयका पाठ्यक्रम तर्जुमा गरिसकेको छ । तीनवटा स्कुल अन्तर्गत दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारद्यी (पिएचडी) गरी २६ वष विभिन्न विषयहरु संचलान गर्ने मनमोहन विश्वविद्यालयको लक्ष्य छ । सबै कार्यक्रमहरु संचालन भएपछि हरेक वर्ष कुल दुईहजार दुईसय जना विद्यार्थी लाभान्वित हुनेछन् ।’
पहिलो र दोस्रो गरी पाँच वर्षे योजना तय गरिएको छ । पहिलो पाँच वर्षे योजनमा २०७८ देखि २०८२ सम्ममा क्रमशः सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चर इन्जिनियरिङ्ग, इलेक्ट्रीकल एण्ड, इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, कमप्युटर, सूचना प्रविधि इन्जिनियरिङ्गमा बीइ कार्यक्रमका साथै ब्यचलर इन मेडिकल ल्याबोरोटरी टेक्नोलोजी, ब्याचलर इन पब्लिक हेल्थ, बीएससी इन फार्मेसी, एमएससी इन स्ट्रक्चरल इन्जिनियरिङ्ग, एमएससी इन पावर सिस्टम इन्जिनियरिङ्ग, एमएससी इन इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी, एमएससी इन नेचुरल रिर्सास म्यानेजमेन्ट एण्ड डेभलप्मेन्ट र एमएससी इन हेल्थ पोलिसी, इनोभेसन एण्ड म्यानेजमेण्ट गरी ७ वटा स्नातक र पाँच वटा स्नातकोक्तर विषयहरु सञ्चालन गरिने लक्ष्य रहेको छ । यी कार्यक्रमबाट हरेक वर्ष कुल एक हजार चारसय ८० विद्यार्थीहरु लाभान्वित हुनेछन् । जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।’
विज्ञप्ति अनुसार दोस्रो पाँच वर्षे कार्यकालमा २०८३ देखि २०८७ सम्म क्रमशः ब्यचलर इन बयो मेडिकल इन्जिनियरिङ्ग, बिइइन मेकानिकल वा अटोमोवाइ इन्जिनियरिङ्ग, बिएसीइन एग्रीकल्चर/फरेष्ट्री, बीएससी इन अप्टोमेट्री, ब्याचलर अफ होटल म्यानेजमेन्ट, एमविविएस, गरी स्नातक तहमा ६ वटा कार्यक्रम सञ्चालन हुनेछन् ।
यसैगरी स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ्ग, फार्मेसी, पब्लिक हेल्थ, केमिकल टेक्नोलोजी गरी पाँच वटा विषयमा कार्यक्रमहरु सुरु हुनेछन् । स्ट्रक्चरल इन्जिनियरिङ्ग र ट्रान्सपोर्टेसन इन्जिनियरिङ्ग, पब्लिक हेल्थ, इलेक्ट्रीकल इन्जिनियरिङ्ग, इन्भाइरोमेन्टल हेल्थ एण्ड सेफ्टी र न्याचुरल रिसोर्स म्यानेमेन्ट एण्ड डेभलपमेन्ट गरी थप पाँचवटा विषणमा विद्यावारिधी सञ्चलन गर्ने लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा श्रेष्ठले एमटियूलाई दक्षिण एसियाकै गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनको केन्द्र बनाउन लागेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘समग्र देशको आर्थिक विकास र सम्बृद्धिमा टेवा पुर्याउने र दक्षिण एसियाकै नमूना प्राविधिक विश्वविद्यालय बनाउने तर्फ केन्द्रीत छौँ ।’
हाल एमटियूको स्कुल अफ इन्जिनियरिङ्गमा आगामी शैक्षिक सत्रको लागि स्नातक तहको बीइइन सिभिल इन्जिनियरिङ्ग तर्फ ४८ र बीइइन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गतर्फ २४ सिटमा भर्ना आवेदन खुला गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त आवेदन दिने मिति आगामी भदौ ३१ गतेसम्म रहेको जानकारी दिइएको छ ।
भर्ना हुनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जिव विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ्ग डिप्लोमा तहवा सो सरहको परिभाषामा कुल पूर्णाकको कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा ५० प्रतिशत अंक ल्याई उत्तिर्ण गरेको हुनु पर्ने छ । वा लेटेर ग्रेडिङ भएमा एनइबिको हकमा सबै विषयहरुमा फाइनल ग्रेडमा न्यूनतम सि ग्रेड प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणित विषयमा कम्तिमा अंक ल्याएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रविणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तहमा जीव विज्ञान विषय लिने विद्यार्थीले छुट्टै गणित विषय लिइ कम्तिमा ४५ प्रतिशत अंक ल्याई फिजिक्स, केमेस्ट्री र गणित विषयमा कम्तीमा ५० प्रतिशत भएको हुनुपर्ने छ ।
विज्ञप्तिका अनुसार एमटियूले हरेक वर्ष आवश्यकताको आधारमा छात्रबृत्ति प्रदान गर्ने कार्यक्रमहरु पनि रहेको छ । प्रत्येक वर्ष सर्वोत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई जेहेन्दार छात्रबृत्ति र सर्वोत्कृष्ट बाहेक भर्ना संख्याको १/१२ अंक बराबर नजिताको आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सहुलियतमा शुल्क छात्रवृत्तिमार्फत त्यस समेष्टर शिक्षण शुल्कमा ४० प्रतिशत बराबर छुट दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमटियूले सम्पूर्ण कक्षाहरु पेपर लेखन प्रणालीबाट पठनपाठन गराउने छ । प्रवेश र अन्य परीक्षाहरु पनि कम्युटरीकृत प्रणालीबाट लिने गर्दछ । विज्ञप्तिमा भनिएको छ, ‘भौतिक पूर्वाधारले सम्पन्न आधुनिक कक्षा कोठा, दक्ष प्राध्यापकहरुबाट पठनपाठन, आधुनिक उत्कृष्ट प्रयोगशालाहरु रहेका छन् । एमटियूले आफ्नै उत्कृष्ट र व्यवाहारिक नयाँ पाठ्याक्रम छ । सस्तो र सुलभ यातयात र छात्राबासको व्यवस्था अनि हरियालीयुक्त कोलाहालरहित सौन्दर्यपूण वतावरण छ । अरु विश्वविद्यालयभन्दा पढाई शुल्कपनि धेरै सस्तो रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।