उदयपुर । आर्थिक गतिधिलाई चालयमान बनाउने उदेश्यले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले पहिलो ‘उदयपुर एक्स्पो अर्थात उदयपुर महोत्सव २०८०’ आयोजना गर्ने भएको छ । ‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान र सम्बृद्धिको आधार’ भन्ने नाराको साथ पहिलो उदयपुर एक्सपो आयोजना गर्न लागनेको हो ।
आगामी माघ २६ गतेदेखि फागुन ५ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदी किनारामा लाग्ने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म उदयपुर एक्स्पो २०८० आयोजना गर्ने बताएको छ । एक्स्पोमा नेपालका कृषि, घरेलु तथा ठूला उद्योगहरूको उत्पादन बिक्री प्रर्दशनीमा राखिने संघका अध्यक्ष चुडामणि कार्कीले बताए ।
कार्कीका अनुसार उदयपुरको व्यापार व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएकोले एक्स्पोले आर्थिक कारोबार, व्यापार व्यवसायलाई चलायमान बनाउने बताए । उनले भने, ‘उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकिय क्षेत्रलाई पहिचान गरी, व्यपार व्यवसाय प्रबद्र्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवको सहयोग मिल्ने छ ।’
विदेशी वस्तुको आयात घटाउने र नेपाली बस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरि नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ ।
एक्स्पोमा पर्यटन क्षेत्र र उद्योगको प्रवद्र्धन, डुङ्गा, राफ्टिङ, प्यारागलाइडिङ लगायतको मज्जा पनि लिन पाउने छ । कृषि प्रदर्शनी, पशुधन प्रदर्शनी, सूचना प्रविधिको प्रबद्र्धन, कला प्रदर्शनी लयायत प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा महासचिव सुनिल साहले बताएका छन् ।
महोत्सवमा उदयपुर, सिरहा, सप्तरी, सुनसरी सहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी २ लाखा भित्राउने योजना रहेको महासचिव साहको भनाइ छ । महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खाना परिकारलाई प्रवद्र्धन गर्न फुड फेस्टिवल पनि समावेश गरिएको बताइएको छ । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्ला स्तरीय युगल गीत प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । रमाइलो मेला, भलिवल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।
एक्स्पोको लागि पहिलो चरणको काम सकिएको छ । एक्स्पोमा २ सय स्टल हुने छ । महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाइएको छ ।
एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुनेछ । स्टल बुकिङका लागि माघ ५ गतेलाई अन्तिम दिन तोकिएको छ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधरणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रवेश शूल्क छुट गरिएको छ ।