उदयपुर । प्रगतिशिल लेखक संघ उदयपुरको पाँचौ जिल्ला अधिवेशनले अध्यक्षमा पुनः माधव माधव पोखरेललाई (गोज्यङ्ग्रे) निर्वाचित गरेको छ । शुक्रबार गाईघाटमा सम्पन्न भएको अधिवेशनबाट पोखरेलाई अध्यक्षमा निर्वाचित गरेको हो । पोखरेल चौथो अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अधिवेशनको बन्दशत्रका अध्यक्ष मण्डलका सदस्य बोधकुमार घिमिरेका अनुसार अध्यक्षमा पोखरेल, उपाध्यक्षमा सम्झना राई (असफल) सचिवमा श्याम ढुंगाना, सह–सचिवमा नारायण थापा निर्वाचित हुनु भएको छ । उहाँहरु सबै जना यस पटक पनि दोहोरिनु भएको हो ।
यसैगरी कोषाध्यक्षमा अनिल घिमिरे निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यहरुमा चन्द्रनारायण चौधरी, शारादा भट्टराई, हर्कनारायण श्रेष्ठ, खिलबहादुर घिमिरे, फणिन्द्र बिक, मुना खत्री, उषा राई, विदुर कटुवाल र भिमबहादुर खत्री उर्फ घाँसे निर्वाचित भएको घिमिरले बताउनु भयो ।
शुक्रबार सम्पन्न भएको जिल्ला अधिवेशनमा प्रगतिशिल लेखक संघ उदयुरका पूर्व अध्यक्षहरु क्रमशः कोविद् काफ्ले, दुर्गा थापा, मधुकर थापालाई सम्मान गरिएको छ । यसैगरी साहित्यकार नन्दलाल आर्चाय, भवानी खतिवडा, टंक आले मगरलाई पनि सम्मान गरिएको थियो ।
अधिवेशनका प्रमुख अतिथि प्रगतिशिल लेखक संघ नेपालका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरले उद्घाटन गर्नु भएको छ । अतिथिहरुमा संविधानसभा सदस्य मोहन खत्री लगायतको उपस्थिति रहेको थियो ।