कटारी । मौसमअनुसारको जङ्गली फलफूलको चक्र बदलिएको छ, कृषि उत्पादनमा पनि असर भइरहेको छ । यी सबैका कारण हो जलवायु परिवर्तनको प्रभाव । माथिका केही सामान्य उदाहरण मात्र हुन्, तराईदेखि हिमालसम्मको वातावरणीय र मनसुनी चक्र बदलिएको छ र यसले मानिसको जीवनलाई असहज बनाउँदै गएको छ । विश्वमा भइरहेको जलवायु परिवर्तनका कारण अति समस्यामा पर्ने मुलुकमध्येमा पर्ने नेपालमा यसको प्रभाव र असरको रोकथाम वा न्यूनीकरणका लागि भन्दै कटारीमा विद्यार्थीहरुले र्याली निकालेका छन् ।
विश्वव्यापी स्तरमा जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गर्दै पिपुल्स क्लाईमेड मोबाइलजेसन (पिसियम) कटारीले कटारी वजारमा र्याली निकालेको हो । कटारीमा रहेका विद्यालयका बिद्यार्र्थीहरुले हातमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।
टोलीले सेप्टेम्बर १४ देखी २ दिन खनिज र इन्धन लागि ग्लोबल एकेबद्धता जनाउन विद्यार्थीले र्याली गर्दै बजार परिक्रमा गरेका हुन । कटारीमा भएको खनिज, इन्धन अन्त्य गर्न जनता जलवायु मार्च को आयोजना गरिएको विद्यार्थी अरुणा पौडेलले बताइन् ।
यो मुद्दामा सहभागी हुनुको कारण भनेको विश्वव्यापी रुपमा हुदै आएको खनिज इन्धनको प्रयोग कम गर्न र यसको विकल्पमा अन्य इन्धनको प्रयोग गर्न प्रोत्साहन गर्नु रहेको पौडेलको भनाई छ । खनिज र इन्धनले नेपाल जस्ता प्रकृतिको नजिक रहेका राष्ट्रहरु मारमा परेका छन् । हाम्रो भुमि नष्ट गर्ने, हावा पानिलाई विषाक्त बनाउने र नाफाको लागि जनतालाई शोषण र दमन गर्ने खनिज इन्धन युगको अन्त्यका लागि माग गर्दै मार्चपास सहभागी भएको विद्यार्थीहरु बताउँछन् ।
जलवायु परिवर्तनबाट मानिस, पशुपन्छी, बोटबिरुवा सबै प्रभावित भइरहेको अवस्थामा यसको न्यूनीकरणका लागि विद्यार्थीको भूमिका अत्यधिक महत्वपुर्ण रहेको कटारी नगर उप प्रमुख गीता खड्काले बताउनु भयो ।
जलवायु परिवर्तनका असर कम गर्न र प्राकृतिक विपतबाट बच्न चाल्नुपर्ने कदमका बारेमा विद्यालय तहका बालबालिकालाई शिक्षित र अभ्यस्त तुल्याउँ सके भविष्यमा वातावरण संरक्षणका क्षेत्रमा ठूलो फड्को मार्न सक्ने देखिन्छ ।