उदयपुर । उदयपुरमा फरार रहेका तीनजना प्रतिवादी पक्राउ परेका छन् । विगत वषौँ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार २०६१ फागुन ११ गते जिल्ला अदालत उदयपुरको फैसलाले कर्तव्य ज्यान मुद्दामा २ वर्ष ३ महिना ११ दिन कैद सजाय तोकिएका ताप्ली गाउँपालिका–५ का वर्ष ५२ का मधु दमाई रहेका छन् ।
यसैगरी २०६५ माघ ५ गतेको जिल्ला अदालत उदयपुरको फैसलाले कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद तोकिएका ताप्ली गाउँपालिका–१ डुम्रे का ५० वर्षका तसबहादुर सुनुवार रहेका छन् । यसैगरी उहाँका अनुसार २०७३ असार १६ गते जिल्ला अदालत उदयपुरको फैसलाले चोरी मुद्दामा ४५ हजार रुपैँया जरीवाना भएका कटारी नगरपालिका–३ का ३९ वर्षे संतोष बिश्वास पक्राउ परेका छन् ।
अदालतबाट फैसला भएका र फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले लुकीछिपी बसेको स्थानबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति:
बिहिबार, फागुन ११, २०७९, १७:४६:००