उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालले दुई दिनमा ९२ जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।
नेपाल नेत्र ज्योति संघको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा आयोजित शिविरमा फेला परेका मोतियाविन्दुका १ सय ४४ जना बिरामीमध्ये ९२ जनाले निशुल्क शल्यक्रिया सम्पन्न भएको हो ।
आँखा शिविरमा फेला परेका मोतिया विन्दुका विरामीहरुलाई नेत्र ज्योती संघ उदयपुरले विभिन्न दाता सँग चन्दा उठाएर शल्यक्रिया गरेको जनाएको छ
उदयपुर घर भइ कतार कर्मथलो बनाएका दोहाकतार दाजुभाई समुहले ५० जना, हङ्कङका डिकनारायण राईले ५ जना, रियाज राउतले आफ्नो जन्मदिनमा गर्ने खर्च कटाएर दुई जना र आफ्नो बुवाको स्मृतिमा आयुश दहालले १ जनाको शल्यक्रिया खर्च व्यहोर्नु भएको नेतृज्योती संघका सभापति भागवत राउतले जानकारी दिनु भयो ।
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा डाक्टर पुष्पा गिरीको नेतृत्वमा रहेको समुहले दुई दिन लगाएर शल्यक्रिया गरेको हो । एक नम्बर प्रदेशका उपसभामुख सृजना दनुवारले शल्यक्रिया गरेका बिरामीको आँखाको पट्टी खोल्दै दुरदराजमा रहेका आँखाका बिरामीहरुको निशुल्क शल्यक्रिया हुनु गौरवको विषय भएको बताउनु भयो ।
उपसभामुख दनुवारसँगै दाजुभाई समुहका प्रतिनिधि गोविन्द भट्टराई, डिकनारायण राईका प्रतिनिधि सावित्रा राई, जन्मदिन मनाएका रियाज राउतले बिरामीको आँखाको पट्टी खोल्नु भएको थियो ।
२०७८ चैत्र ११ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले अप्रशेन गरेरका बिरामीका आँखाको पट्टी खोलेर सेवा प्रारम्भ भएको अस्पतालले हालसम्म २ सय ३१ जनाको शल्यक्रिया गरिसकेको छ ।
प्रकाशित मिति:
आईतबार, माघ ८, २०७९, १७:४०:००