उदयपुर । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले उदयपुरबाट मतदान गरेका छन् । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले आईतबार त्रियुगा नगरपालिका–८ मा रहेको जनताको आधारभूत विद्यालय झोराबाट मतदान गरेका हुन् ।
मतदान गर्दै उनले मतदानको लागि मतदाता उत्साहित भएको बताए । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार जिल्लामा ११ वजेसम्म १२ हजार ५ मत खसेको छ । उदयपुरमा जम्मा दुई लाख २८ हजार मतदाता रहेका छन् ।
प्रकाशित मिति:
आईतबार, मंसिर ४, २०७९, ११:४३:००