उदयपुर । उदयुरमा दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन् । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को अम्मेबर माध्यमिक विद्यालयको स्थलमा रहेको दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख अधिकृत खेमराज कोइरालाले अम्मेबर माध्यमिक विद्यालयमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्रमा महिला मात्र परिचालन गरिएको बताउनु भयाे । उहाँले भन्नुभयाे, सुनिता प्रधान र रत्नकुमारी राईलाई जिम्मा दिइएको छ ।’
उहाँका अनुसार जिल्लामा एकसय एक मतदान स्थल र दुईसय ६४ मतदान केन्द्र रहेका छन्। उहाँले भन्नुभयाे, ‘निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा हुँदै छ। मतदान अधिकृतहरु मतदानको लागि आवश्यक पर्ने निर्वाचन सामग्री जिम्मा लिएर मतदान केन्द्र जानेक्रम जारी छ ।’
प्रकाशित मिति:
बिहिबार, मंसिर १, २०७९, १५:३२:००