विराटनगर । प्रदेश १ बाट एसिया सेभेन्स रग्बी महिला तथा पुरुष प्रतियोगिताको लागि १८ वर्षमुनीका चारजना खेलाडी छनोट भएका छन् । नेपाल रग्बी संघ प्रदेश नम्वर १ ले पुरुषतर्फ चारजना खेलाडीहरु छनोट गरेको हो ।
नेपाल रग्बी संघ प्रदेश नम्वर १ का संयोजक विनोद कटुवालका अनुसार छोट हुने खेलाडीहरुमा मनिष हिङ्माङ, इलाम, बिराज रेग्मी मोरङ, नबिन मगर उदयपुर, सन्दिप राई इलाम रहनु भएको छ ।
छनोट हुनु भएका खेलाडीहरुले आगामी मंसिर २४ र २५ गते नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशाखामा युथ १८ एसिया सेभेन्स रग्बी महिला तथा पुरुष प्रतियोगिता २०७९ भाग लिनेछन् ।
नेपाल रग्बी संघ प्रदेश नम्वर १ ले महिला तर्फ छनोट बाँकी रहेको जनाएको छ ।
प्रकाशित मिति:
बिहिबार, कात्तिक १७, २०७९, १९:१५:००