रौतामाई । रौतामाई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेका विरेन्द्रकुमार मगरले आफुले चुनाव जिते कुनै पनि सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ ।
उहाँले एक भिडियो सन्देश जारी गर्दै चुनाव जितेको खण्डमा आफुले पाउने सरकारी सेवा सुविधाको रकम पालिका स्तरीय एक अक्षय कोष बनाएर गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षा, उपचार लगायतका काममा खर्च गर्ने बताउनु भएको छ ।
मगरले गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । रौतामाई गाउँपालिकामा उपाध्यक्षमा कांग्रेसका नेता भुपेन्द्रबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । बाँकी भिडियो मै हेरौँ
प्रकाशित मिति:
मंगलबार, वैशाख २०, २०७९, ११:५४:००