काठमाडौं । कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएको छ ।
सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
आइतबार राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्ति गर्नुहुँदै शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त जानकारी दिइएको छ ।
‘नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७/८५/२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र नीत मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति:
आईतबार, साउन १७, २०७८, १६:१४:००