काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन गरिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
हाल विश्वभर फैलिरहेको कोरोना चरणबद्ध बढ्दै गएको छ । पहिला बर्षको कोरोना थप क्षमता बृद्धि गर्दै भेरियन्टमा परिनत भई निकै घातक र आक्रमक बन्दै गएको छ ।
नेपालमा पहिलो चरणको कोरोनाले खासै असर नगरे पनि पहिलो पटक प्रवेश गरेका कारण धेरै मानिसहरु आत्तिए र डराए, एक बर्ष सम्म कोरोना सामना गरेको नेपालीले दोस्रो चरणको कोरोनालाई टेर्दा पनि टेरेनन् ।
यसैको परिणाम हो अहिले नेपालीले भोगि रहेको कोरोनाको भयावह, कोरोनाको नयाँ भेरियन्ट सहित दोस्रो लहर चलिरहेको अवस्थामा पनि नेपाली जनता र सरकार अटेरी अवस्थामै थियो ।
मान्छे निकै मर्न थालेपछि बल्ल अलिअलि होस खोल्यो । सरकारले बल्ल तल्ल उपत्यका लागायत जटिल स्थानहरुमा निषेधाज्ञा गर्यो । अहिले देशको दुई जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । तर पनि कोरोनाको लहर समुदाय परिवार र व्यक्तिहरुमा छिरिसकेको थियो ।
नेपालमा पहिलो चरको कोरोनाले भन्दा दोस्रो चरणको कोरोना घातक देखियो ठुलो संख्यामा संक्रमित फैलिनुका साथै मर्नेको संख्या पनि ह्वातै बढ्यो ।
पहिलो चरणको कोरोनाले कम्जोरी बुढाबुढी र दिर्घ रोगीहरुलाई बढी केन्द्रीद गर्यो भने दोस्रो लहरको कोरोनाले सबै खालको मानव शरिरलाई ध्वस्त बनाउने शक्ति ल्यायो । हाल यो भेरियन्टले बुढाबुढी, युवा, रोगी कोहिलाई पनि छाडेको छैन् । अझै बढी भन्ने हो भने त युवाहरु केन्द्रित बनेर आएको पाईन्छ ।
कोरोना नियन्त्रण नहुँदा यसरी बर्षेनी चरणबद्ध रुपमा बढ्दै नयाँ स्वरुप सहित भेरियन्टहरु उत्पादन गरिरहेको छ । यस्तै हो भने यो अझै घातक र दिर्घकालिन रोग बन्ने र मानव जिवनलाई सहज वातावरणमा जिउन निकै कठिन बनाउने देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले तेस्रो र चौथो लहरको कोरोना बाट सजग रहन आग्रह गरेको छ । यो कुनै पनि बेला आईपर्ने अवस्था हुनाको कारण सामना गर्ने तयारी सहित सुरक्षित हुन अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।
नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।