उदयपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा अहिले विवाद चर्किरहेको छ । दुई अध्यक्ष रहेको नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल लगायत दुई समूहको विवाद बढिरेहेको छ । नेकपा, राजनीति लगायत समसामायिक विषयमा केन्द्रित रहेर नेकपा प्रदेश १ कमिटीका प्रदेश सदस्य तथा उदयपुरका नेता भिमबहादुर अधिकारी अनिलसँग जनभाव लागि समाचार संयोजक विजय कार्कीले गरेको कुराकानीको आधारमा अधिकारीकै शब्दमा प्रस्तुत गरिएको छ ।
यसरकारण नेकपामा विवाद
व्यक्तिगत रुपमा ठिक छु । राजनीतिक हिसाबले अगाडि बढेको परिस्थिति छैन् । अब अहिले गर्ने भनेको पार्टी प्रतिको निष्ठा आदी त हामीसँगै रह्यो । त्यो हिसाबले हेर्दा पार्टी कमिटीको तलमाथि, सबैतिरको दृश्यहरु बाहिर, फेरो सबैतिर यत्रतत्र कता के भाको भइरहेको छ जस्तो लाग्छ । अरु सब ठिक छ ।
राजनीतिक रुपमा अहिले गहिरिएर भन्नुपर्दा, यो कम्युनिस्ट पार्टीमा फलामे अनुसासनमा हुन्छ । अब अहिले आफ्नो दृष्टीकोणमा भन्नुपर्दा, यो फलामे अनुशासन अर्थात यसका पद्धति, प्रक्रिया, विधि, प्रक्रिया र अनुशासनका कुराहरु लागू नभएको देखेको छु । नेतृत्व गर्ने नेताहरूले माक्सवाद, लेनिनवाद, भन्ने चिजलाई अध्ययन नै विर्सेको जस्तो लाग्छ । अर्को कुरो चाहिँ अध्ययन त नेताहरूले गर्लान, तर कम्युनिस्ट पार्टीहरु कसरी चलिरहेको छ, भनेर हेर्न जरुरी छ । दलाल पुजिपत्ति वर्गले चाहिँ हाम्रा नेताहरूको दिमाग चाटि दिसके । मक्स, लेनिनका सिद्धान्तहरुलाई दलाल पुजिपत्ति वर्गले खाइदिसकेको अनुभुती मैले गरेको छु ।
यस्तै हो भन्दा पनि हुन्छ । नेताहरूले राख्ने सल्लाहकारहरु छन । तपाईंले भने जस्तै हिजो एउटा त्याग, तपस्या, बलिदान गर्दै आएका साथिहरुलाई हेर्दा, धेरै ब्याक साइडमा देखिन्छन् । धेरैलाईचाँही भित्ता मा पु¥याउने भन्ने देखिन्छ । त्यो देख्दा, कस्ताले पार्टीलाई चलाएको छ भनेर हेर्ने जरुरी छ । अहिले तिनै दलाल पुजीवादी वर्ग ,अझ भनौ ‘चुन्द्रे, मुन्द्रे कुण्डले, हुक्के, चिलिमे, बैठकेहरुले पार्टीलाई चलाको देख्छु’ । नेताहरुलाई चलाको देख्छु ।
नेकपा विभाजन हुँदैन
नेकपा कुनै पनि हालतमा विभाजन हुँदैन् । नेकपा बन्नुभन्दा अगाडि दुई ठुला पार्टीहरुबीच एकता भएको थियो । एकता नेपाली जनताको चाहना हो । नेपाली कम्युनिस्ट क्रान्तिकारी कार्यकर्ताको चाहना हो । र त्यो एकता जनता, कार्यकर्ताको चाहना विपरीत छैन ।
यो सबैको चाहना अनुकुल नै भएको एकता हो । अहिले जुन विवाद भइरहेको छ । त्यो एकता गर्दाखेरी विधि र प्रक्रिया पूरा नगरेको कारण पनि भएको हो । विधि र प्रक्रिया पूरा नगरिकन दुइटा अध्यक्ष मिलेर मात्र पार्टी एकता गरियो । जहाँ कि दुइटा अध्यक्ष मात्र सर्बै सर्ब पार्टी हुनुहुँदैन थियो ।
दुइटैको केन्द्रिय समिति थिए । दुइटै पार्टीको अगुवा कार्यकर्ता थिए । ती अगुवा कार्यकर्ताको आम भेला बोलाएर पार्टी एकता गर्नु पर्दथ्यो । दुईवटै पार्टीको केन्द्रीय कमिटीको बैठक राखेर एक गरेरेको धेरै राम्रो हुने थियो । पार्टीको केन्द्रदेखि तलसम्म बहस गरेर एकता गरेको धेरै राम्रो हुने थियो । एकता गर्दा कमिटीहरु कहाँ÷कहाँ कसरी निर्माण गर्ने ? कसरी सबै जिम्मेवारी बाडफाड गर्ने ? सम्पुर्ण खालका पार्टी र सरकारलाई कसरी संचालन गर्ने ? भन्ने खालको विधिहरु बनाउन अगुवा कार्यकर्ता लगायत केन्द्रिय समितिमा बसेर छलफल गरेर राष्ट्रिय समिति बनाएर पार्टी एकता गरेको भए धेरै राम्रो हुने थियो ।
आत्माआलोचना गरेर एकता बचाउनु पर्छ
कुराकानीको क्रममा अधिकारीले दुई अध्यक्ष मिलेर पार्टी एकता नहुने बताएका छन् । उनले भनेका छन्, ‘अब विवाद समाधान त दुई जना मात्र बसेर पनि समाधान हुदैन । विवाद समाधान भनेको पार्टी कमिटीमा छ । बैठक बस्ने, छलफल गर्ने आलोचना÷आत्मालोचना गरेर कमजोरी सच्याउनु पर्छ । ती कमिकमजोरिहरुलाई ‘आलोचित र आत्मालोचना गरेर पार्टीलाई एकताबद्ध लिएर जाने कुरामा दुई अध्यक्षले जोड दिनु पर्छ ।’
अधिकारीले केन्द्रीय नेताहरुलाई सुझाव पनि दिएका छन् । उनले भनेका छन्, ‘मेरा केन्द्रका नेताहरुलाई मैले भन्नुपर्ने कुरा राम्रो गरि माक्स, लेनिनलाई अध्ययान गर्न जरुरी छ । माक्सले लेनिनले दिएको निर्देशन अंगिकार गर्नुहोस् । पार्टीलाई विधि, प्रक्रिया अनुसार चलाउनु होस् । अहिलेको विवाद आउने छैन् । बाँकी भिडियोमा हेर्नुहोस् ।