उदयपुर । उदयपुरको बेलका नगरपालिकाले भौतिकपूर्वाधार निर्माणमा तिब्रता दिएको छ । बेलका नगरपालिकाले मंगलबार एक कार्याक्रमको आयोजना गरि विभिन्न भवन र एउटा ट्रस्ट पुलको उदघाटन गरेको हो ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकामा निर्माण भएका भवन र झोलुङ्गे पुलको उदघाटन गरेका हुन् । पछिल्ला दुई वर्षयताभौतिक संरचना निर्माण र कृषिलाई मुख्यप्राथमिकता दिएको नगरपालिकाले एकै दिन मुख्यमन्त्री राईको उपस्थितिमा बेलका नगरपालिकाको ४, ५ र ६ का वडा कार्यालय भवन, बेलकानगरपालिका वडा नम्बर ९ मा रहेको आदिवासि जनजातिभवन,सहकारी भवनतथा वडा नम्बर ९ मा नै निर्माण भएको बेलका सभाहल, वडा नम्बर ९ मै रहेको सुरक्षित महिला आवास यस्तै वडा नम्बर ४ मा निर्माण भएको आधारभुत स्वास्थ कार्यालय, खसि बोका संकलन केन्द्र र बेलकानगरपालिका ८ मा निर्माण गरीएको एक ट्रस्टपुलको उद्घाटन गरेका हुन् ।
निर्माण सम्पन्न भएका पुल तथा भवनहरु करिब २ करोड ५० लागतमा निर्माण भएको बेलका नगरपालिकाले जनाएको छ । भवन उद्घाटनपछि कार्यक्रमलाई सम्वोधनगर्दै मुख्यमन्त्री राईले सुविधा सम्पन्न संरचनाबाट गुणस्तरीय सेवाप्रदान गर्न आग्रह गरेका थिए । उनले स्थानीय सरकारको अनुभुतिहुने गरि नयाँ संरचनाबाट सेवाप्रवाहहुने विश्वास गरेका थिए ।
मन्तव्यको क्रममा मुख्यमन्त्री राईले देशमा प्राप्त संघीय गणतन्त्रसहितको राज्य व्यवस्थाले पछिल्लो समय विकास र समृद्धिको ढोका खुलेको भन्दै अव समृद्धिको अभियानमा हातेमालो गरेर अघि बढ्न आग्रह गरे । मुख्यमन्त्री राईले पछिल्लो राज्य पुनर्संरचनासँगै देशमा संघीय गणतान्त्रिक व्यवस्थाले जताततै विकासको मूल फुटेको बताउँदै संघीयतासँगै पुनर्संरचित स्थानीयतह, प्रदेश र संघीय ३ तहको सरकारको अभ्यासले ३ वर्षकै छोटो अवधिमा विकासको परिणाम देखिन थालेको बताए ।
एकात्मक राज्यसत्तामा दलीय किचलो, द्वन्द्व र लडाँई झगडाले गरिखान नसक्ने अवस्थामा पुगेका जनातालाई संघीय गणतन्त्र आएपछि राजनीतिक स्थीरतासँगै देशमा विकास र समृद्धिको फराकिलो लोकमार्ग खुलेको र त्यो लोकमार्ग भएर समृद्धिको यात्रामा सबै नेपालीजन लागिसकेको मुख्यमन्त्री राईले बताए । राजनीतिक परिवर्तनपछि प्राप्त संघीय गणतन्त्रपछि भएको चुनावमा जनताले झण्डै दुईतिहाई मत दिएर त्यसको कार्यान्वयन गर्न आदेश दिए अनुसार ३ तहको नेकपा सरकारले विकास र समृद्धिमा सफलता पाईरहेको उनको भनाई थियो ।
नगरप्रमुख दुर्गाकुमार थापाले बेलकालाई प्रदेशकै नमूना स्थानीयतह बनाउने योजनासाथ उत्पादनमा लागि परेको बताए । उनले कृषि व्यवसाय, पशुपालन र भौतिक पूर्वाधारलगायत पर्यटन र अव्यवस्थित बसोबास गर्दै आएका नगरबासीलाई व्यवस्थ्ति गर्ने दिसामा अघि बढिरहेको बताए । मेयर थापाले अव्यवस्थित बसोबास गर्ने नगरबासीलाई जग्गाको धनीपुर्जा दिनका लागि प्रक्रिया अघि बढिसकेको बताउँदै मुख्यमन्त्री शेरधन राईबाटै लालपुर्जा वितरण गर्ने योजना छिट्टै कार्यान्वयनमा ल्याउने वाचा गरे ।
समृद्ध बेलका बनाउने अभियानमा प्रदेश सरकारको तर्फबाट सहयोको याचना गर्दै मेयर थापाले प्रदेश र संघीय सरकारको सहयोग पाएमा बाँकी काममा नगरपालिका आफै सक्षम हुने बताए । उपमेयर राजकुमारी चौधरीले अतिथिहरुलाई स्वागत मन्त्वय राख्ने क्रममा महिला हिंसाविरोधी १६ दिने अभियान सफल पार्न आग्रह गर्दै बेलका हरेक क्षेत्रमा नमूना बन्ने अभियानमा लागिरहेको बताईन् । कार्यक्रममा प्रदेश सांसदहरु बिमल कार्की, अम्बिका थापा, नेकपा नगर अध्यक्ष मनोज तामाङलगायतले पनि समृद्ध बेलकाको नारालाई साकार रुप दिन सक्दो सहयोग गर्ने वाचा गरेका थिए ।