उदयपुर । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै देशलाई आर्थिक सम्बृद्धिको बाटो लैजान बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टुटफुट र विभाजित नहुने अध्यक्ष विनोद कटुवाल दिवशले बताएका छन् ।
नेकपा उदयपुरका अध्यक्ष कटुवालले नेकपा रौतामाई गाउँपालिकाको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कटुवालले पार्टी केन्द्रमा चर्किको विवादले नेपकलाई थप सशक्त र बलियो बनाउने घोषणा गरेका छन् । ‘पार्टी केही विवादहरु देखिएका छन्,’ उनले भने, ‘त्यस विवादले पार्टीलाई भोलिका दिनमा विचार दिने पक्का छ ।’
कटुवालले पार्टीको कार्यदिशको क्षेत्रमा, संगठन निर्माणको क्षेत्र र राजनीतिक नेतृत्व निर्माणको क्षेत्रमा अहिले बहस भइरहेकाले विवाद देखिएको बताएका छन् ।
शपथ ग्रहण कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी रौतामाई गाउँपालिकाका स्थानीय राजनीतिकर्मी चन्द्रकुमार कार्कीको नेतृत्वमा नेकपा पनि प्रवेश गरेका छन् । नेकपा रौतामाई गाउँपालिकाका अनुसार नवराज कार्की, गोविन्द राउत, हरि बहादुर कार्की, कमल बहादुर कार्की, राजन थापा, इश्वर थापा, भेष बहादुर थापा, इश्वर बिष्ट,विरेन्द्र कार्की, रमेश राउत, नारायण कार्की, अगम राउत, चित्र बहादुर कार्की, मनोज कुमार खड्का, मनोज कुमार कार्की, पुष्प राज कार्की, राप्रपा परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । यसैगरी हित बहादुर रास्कोटी, हेम राज पाठक नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।
याे पनि पढ्नुहाेस्
नेकपा राैतामाई गाउँपालिकाकाे शपथ ग्रहण सम्पन्न
सांसद राईले निर्वाचन क्षेत्रमा बाँडे विपन्न परिवारलाई न्यानो कपडा