उदयपुर । उदयपुर र सुनसरीको सिमानामा पर्ने कोशीपुल (चतरा)मा पानी जहाजको नाममा सञ्चालन गरिएको जेट बोट यात्रु ठग्ने माध्यम बनेको छ । जल यातयातको नाममा सञ्चालन गरिएको जेटबोटले यात्रुबाट मनलाग्दी भाडा असुल्ने गरेको हो ।
अनुगमन गर्ने निकाय समेत बेखर बनेपछि ‘जेटबोट’ संचालकहरुले मनपरी भाडा लिने, भौतिक दुरीलाई वेवास्था गर्दै कोरोना भाइरस(कोभिड १९) जोखिम बढाउनुको साथै जेटबोटमा आवश्यक पर्ने ‘लाईट ज्याकेट’ लगायतका न्युनतम सुरक्षाको मापदण्ड समेत पालना गरेका छैनन् । चतराबाट भोजपुरको हुतवागढी–९ हसनपुरको सिम्ले हलेदेसम्म जम्मा १४ किलोमिटर दुरीमा ५ सय भाडा लिने गरेको जेटबोटको यात्रमा भेटिएका यात्रु रामझरी राईले बताइन् । ‘यस क्षेत्रमा कोरोना संक्रमण अब जेटबोट हुने देखिन्छ,’ उनले भनिन्, ‘कोरोनाको लागि सामान्य रुपमा भौतिक दुरी समेत कायम छैन, कुनै वेला लाइभ ज्याकेट पनि दिदैनन्, भाडा १४ किलो मिटरको ५ सय लिन्छन्, यसको अनुगमन कस्ले गर्ने ?’
अनुमगन निकाय नहुँदा कहिलेकाँही १४ किलोमिटरको यात्राका लागि एक हजारसम्म तिर्नु परेको अर्का यात्रु मिमबहादुर कुइकेलले बताए । ‘कुनै वेला यात्रु थोरै भएको भन्दै एक हजारसम्म उठाउँछन्, यदी दुर्घटना भएको खण्डमा कस्ले जिम्म लिन्छ, त्यो पनि थाहा छैन, कोरोनाको लागि भौतिक दुरी समेत कायम नगरिकन कोचाकोच मान्छे समेत लगाउने गरेका छन् ।’ पाँच सय भाडा लिनेगरेको र एक पगेर आएको एक हजार भाडा लिने गरेको जेटबोट सञ्चालक बताउने अनिश थापाले बताए । ‘उनले भने, ‘कोही घुम्न आएकाहरु अनि इम्जेन्सी बताउनलेहरुलाई छुट्टै भाडाको व्यवस्था छ ।’ यति धेरै भाडा महंगो भएन भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘हामीले रहरले लिएका होइनौँ, यस जेटबोटदे प्रहरीले स्थानीय डनसमेत पाल्नु पर्दछ ।’
छोटो दुरी भएतामा अनुगमान गर्ने र भाडादर कायम गर्ने निकाय नहुँदा चर्काे भाडा तिरेर घर घर जान बाध्य भएको ‘जेटबोट’को यात्राबाट भोजपुर घर हिड्ेका यात्रु श्याम राईले गुनासो गरे । एक पटकको यात्रामा २० देखी २५ जना यात्रु अट्ने गरेको र एकपटकमा ५० लिटर पेट्रोल खर्च हुने गरेको संचालक थापाले बताए । ‘एक पटक पुगेर आउँदा झण्डै २० देखि २५ हजार कमाइन्छ,’ उनले भने, ‘ओहोरदोहोर गर्दा ५ हजारको पेट्रोल खर्च हुन्छ ।’ अहिले चतरामा नेपाल रिर्भर ट्रान्सफोरको दुई, बराहा क्षेत्र म्यारीन रिर्सोट प्रालीका दुई र बराहा क्षेत्र जलयातायात तथा पर्यटन लिमिटेडका २ वटा ओवियाम र ४ वटा ‘जेटबोट’ संचालन भैरहेको संचालक थापाले जानकारी दिए ।
अवैधानिक जेटबोट सञ्चालन
सुनसरी सहयाक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोखरेलले धेरै जेटबोट अवैधानिक रुपमा चलेको बताए । उनले भाडा पनि कायम गर्ने अधिकारी स्थानीय नगरपालिकाको भएको भन्दै नगरपालिकालाई खबर गर्ने बताए ।
‘जेटबोट धेरै कुराहरु छैनन्,’ यसको अनुगमन, नियमन गर्ने निकाय बरहाक्षेत्र नगरपालिका हो,’ उनले भने, ‘हामीलाई कोरोनाबाट बच्न भौतिक दुरीको काय, जेटबोट दुर्घटना भएको खण्डमा यात्रुको विमा, लाइभ ज्याकेट, दर्ता, भाडा दर कायम गर्न भनिरहेका छौँ ।, फेरि पनि ताकेटा गछौँ ।’
यता बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले पानी जहाज विभागलाई सबै कुरा थाहा हुने बताए । ‘हामीले भाडादर, दर्ता भएको नभएको हेर्न पाउने छैनौँ,’ उनले भने, ‘यसको बारेमा पानी जहाज विभागलाई सोध्दा धेरै राम्रो हुन्छ ।’