काठमाडाैं । इन्डियन प्रिमियर लिग(आइपियल) क्रीकेटमा कप्तान लोकेस राहुलको शतकको मद्दतले किङ्स -११ पञ्जाबले रोयल च्यालेन्जर्स बङ्लोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा भएको खेलमा बग्लोरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पञ्जाबले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०६ रनको विशाल योगफल तयार गर्न सफल भयो।
यसमा पञ्जाबका कप्तान तथा ओपनर लोकेस राहुलले ६९ बलमा ७ छक्का तथा १४ चौकाको मद्दतले १३२ रनको शानदार पारी खेलेका थिए।यो पारी इन्डियन खेलाडीले आइपियलमा बनाएको सबैभन्दा धेरै रनपनि रहन सफल भयो। भने अर्का ओपनर मयंक अग्रवालले २६,निकोलस पुरानले १७ तथा करुन नायरले १५ रनको योगदान गरेका थिए।
बङ्लोरका लागी शिवम दुबेले २ तथा युजभिन्द्र चाहलले १ विकेट लिएका थिए।
२०७ रनको विशाल लक्ष्य पछ्याएको बङ्लोरले खराब सुरुवात गरेको थियो।टिमको स्कोर २ रन हुँदा देवदत्त पड्डिकलको रुपमा पहिलो विकेट गुमाएको बंग्लोरले टिमको विकेट ३ रन हुँदा जोस फिलिपको रुपमा दोस्रो विकेट गुमायो।भने कप्तान विराट कोहलिलाई टिमको स्कोर ४ रन हुँदा तेस्रो विकेटको रुपमा गुमाउदै खराब सुरुवात गरेको थियो।
यसपछि ब्याटिङमा आएका एबिडे भिल्लियर्स तथा एकातिर इनिङ सम्हालिरहेका ओपनर आरोन फिन्चले इनिङ सम्हाल्ने कोसिस गरेपनि सफल हुन सकेनन् ।आरोन फिन्च व्यक्तिगत २० रन बनाउदै चौथो विकेटको रुपमा रभि विस्नोईको सिकार बन्दा एबिडि भिल्लियर्स व्यक्तिगत २८ रन बनाउदै आउट भएपछि बङ्लोर फराकिलो हारतर्फ उन्मुख भयो।मध्येक्रममा ब्याटिङ गर्न आएका वासिङ्टन सुन्दरले बंग्लोरका लागी सर्वाधिक ३० रन बनाउदै रभि विस्नोइको सिकार बनेपछि बंग्लोर १७ ओभरमा १०९ रनमै अलआउट हुन पुग्यो।
बंग्लोरलाई सस्तैमा समेट्न पञ्जाबका लागी मुरुगन आस्विन तथा रभि विस्नोइले ३/३ तथा सेल्डन कोट्रेलले दुई तथा मोहम्मद शामि तथा ग्लेन म्याक्सवेलले १/१ विकेट लिएका थिए।
आइपियल अन्तर्गत आज चेन्नैइ सुपर किङ्स तथा दिल्ली क्यापिटल बीच खेल हुनेछ।