उदयपुरगढी । उदयपुरको उदयपुरगढी गाउँपालिकामा पालिका स्तरीय कृषि प्रर्दशनी मेला सम्पन्न भएको छ । पालिकाका किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरण गर्नको लागि आयोजना गरिएको पालिका स्तरीय कृषि पर्दशनी मेला सम्पन्न भएको हो ।
प्रर्दशसनी मेलामा काउली लिएर उपस्थिति भएका उदयपुरगढी गाउँपालिका–३ का गोविन्द राउतले कृषि प्रर्दशनी मेलाले किसानहरुमा उत्सहा थपेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस्ता मेलाले किसानले उत्पदन गरेका कृषि उपजको बजारीकरणको लागि सहयोग पुग्दछ । हामी किसानलाई पनि कृषि कर्ममा लाग्न प्रेरणा जाग्दछ ।’
उदयपुरगढी गाउँपालिमा–६ मा रहेको पञ्वतीमाई सहरकारी सँस्था लिमिटेड, सहास नेपाल उदयपुर, हुरेण्डेक उदयपुर, बालबिकास समाज उदयपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना अदुवा/बेसार जोन र उदयपुरगढी गाउँपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजनामा नेपालटार बजारमा रहेको तरकारी संकलन केन्द्रको प्रङ्गगणमा आयोजना गरिएको थियो ।
किसानले उत्पादन गरेका कृषि उपजको बजारी गर्न र किसानलाई व्यवसायिक कृषि कर्ममा लाग्न थप उत्सहा थप्न कृषि प्रर्दशनी मेला आयोजना गरिएको पालिकाका कृषि विकास शाखाका प्रमुख पारस फुयँलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेलामा विभिन्न प्रकारका १५ वटा बालि समूहको स्टलहरु राखिएको छ । प्रर्दशनीमा प्रथम, द्वितिय, तृतिय र चौथो हुनेलाई पुरस्कार पनि दिएका छौँ ।’
प्रर्दशनी मेलामा प्रत्यके बालि समूहमा प्रथम हुनेलाई पुरस्कार स्वरुप एक हजार नगद र प्रमाण पत्र, दोस्रो हुनेलाई नगद सातसय र प्रमाण पत्र, तेस्रो हुनेलाई पाँचसय प्रमाण पत्र, चौथो हुने वा सान्तवना पाउनेलाई नगद तीनसय र प्रमाण पत्र प्रदान गरिएको उहाँले बताउनु भयो ।
प्रर्दशनीमा समावेश गराइएका १५ वटा बालिसमूह रहेका थिए । जसमा खाद्यन्न बालि समूह, दलहन बालिसमूह, तेलहन बालि समूह, नगदे बालि समूह, फलफूल बालिसमूह, पातजन्य तरकारी बालि समूह, फलजन्य तरकारी समूह, तहररे बालि समूह, फल जन्य तरकारी समूह, आलु बालि समूह, माछा, मौरी, च्याउ, जरे बालि समूह र अन्य बालि समूह रहेको थियो ।
उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्काले पालिकामा रोजगारी सिर्जनना गर्नको लागि कृषिमा आधुनिकीरण र व्यवसायिक करण गराउनेगरी स्थानीय सरकार लागि परेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पालिकाका आठवटै वडाहरुमा पालिकाले कृषि क्षेत्रलाई पनि प्रथामिकतामा राखेको छ । स्थानीय सरकार र विभिन्न गैर सरकारी संघ सँस्थाको सहयोग विभिन्न प्रकारका कार्यक्रमहरु लागु गरिएको छ ।