गाइघाट । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाको १२ औं साधारण सभा आईतवार उदयपुर सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका अध्यक्ष भरत बहादुर खड्काको अध्यक्षतामा आयोजित साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य, प्रदेश अध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न पेशागत संगठनका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै बिभिन्न बक्ताहरुले पत्रकारहरुका हकहितका बिषयमा आ–आफ्नो धारण राखेका थिए । पत्रकारहरुले समाचार लेखेकै आधारमा, भिडियो फोटो खिचेकै आधारमा कानुनी राज्यको धज्जी उडाउदै राज्यबाट हुने धडपकडको निन्दा गरिएको थियो । पत्रकारहरुका हरेक गतिविधिका बारेमा छानबिन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरी प्रशासनले काउन्सिललाई बेवास्ता गरेर पत्रकारहरुलाई धड्पकड गर्नु गलत रहेको भन्दै आउँदा दिनहरुमा पत्रकारका समस्यालाई महासंघले नितिगत निर्णय मार्फत समाधान खोज्न सम्पुर्ण पत्रकारहरुले जोड्दार माग गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पत्रकारीता पेशा पत्रकारीता जस्तो नभएको जिकिर गर्नु भयो। वहाँले स्थानीय तहमा व्यापक भ्रष्टाचार हुने गरेको भए पनि अहिले कुनै पत्रपत्रीकामा पत्रकारहरुले सो सम्बन्धि समाचार नलेख्नु दुःखद रहेको भन्दै पार्टीको आडमा वा पार्टीका प्रतिनिधिहरुका आश्वासनमा समाचार नलेख्नेहो भने पत्रकारीताको मुल मर्मको कुनै अर्थ नरहेकोले पत्रकारले निश्पक्ष पत्रकारीता गर्न सम्पुर्ण पत्रकारलाई आग्रह गर्नु भयो ।
वहाँले साइबर क्राइम सम्बन्धि मुद्धा पत्रकारहरुका लागि नरहेको समेत जिकिर गर्नु भयो। यो ऐनले केवल पत्रकारहरुलाई आतन्कित बनाएको समेत दावी गर्नु भयो । दुई खण्डमा आयोजित उदयपुर शाखाको १२ औं साधारण सभा कार्यक्रमको दोश्रो खण्डमा बन्दसत्रको आयोजना गरिएको थियो ।
बन्द सत्रमा उदयपुर महाशाखाको बार्षिक गतिविधि प्रस्तुत गरिएको थियो । भने बार्षिक गतिबिधि अन्तर्गतको आर्थिक प्रतिबेदनलाई सर्वसहमतले पारीत गरिएको थियो । नेपाल पत्रकार महासंघ उदयपुर शाखाले महासंघको सदस्यता खुल्ला गर्ने समेत १२ औं साधारण सभाले निर्णय गरेको छ । उदयपुर शाखाको १२ औं साधारण सभा मार्फत दश बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।