कटारी । कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
कटारी नगरपालिकाको सम्प्रक कार्यलय रहेको कटारी ११ बेतिनीमा सम्पन्न गरेको हो । नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उममेयर गिता खड्का, प्रमुख प्रशासकिय अधिकृत अनिल किराँती, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, सरोकारवालाको उपस्थिती रहेको थियो ।
नगरपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत अनिल किरातिले जानकारी दिनुभयो । सुशासन र जिम्मेवारीता वहन अन्र्तगत नगरपालिकाको कमी कमजोरीका वारेमा जानकारी लिनका लागी नगरपालिकाले नागरिक सँग सुझाव र सल्लाह मागेको थियो ।
नगरपालिका आफै पनि जनउत्तरदायी हुदाँ हुदै पनि अझै परिस्कृत वनाउने प्रयास स्वरुप सार्वजकि सुनुवाई कार्यक्रम गरिएको अधिकृत किरातिले वताउनुभयो । यसैगरि कार्यक्रममा नगर प्रमुख र उप प्रमुखले जनताको प्रश्नको जवाफ दिनु भएको थियो । कार्यक्रममा स्थानिय समुदायले नगरपालिकाको काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए ।
अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायवाट दिईएको थियो । जवाफदेहिताको भुमिकामा रहनुभएको नगरप्रमुख राजेश चन्द्र श्रेस्ठले पालिकाले काम गर्दा गर्दे जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको हुन सक्दछ । जनअपेक्षा के छ भन्ने वुझनका लागी पनि यो नागरिक सुनुवाई कार्यक्रम महत्वपुर्ण रहेको बताउनु भयो ।
काम गर्दा कोहि कर्मचारी,जनप्रतीनिधीले पैसा मागे पर्दाफास गर्न आग्रह गरे। यदि कसैले गलत गरे दन्डित हुने नगर प्रमुख श्रेस्ठले बताउनु भयो । जनताको आवश्यकता पुरा गर्न र विकास निर्माणमा सधै हातेमालो गरेर अगाडी वढ्ने उप प्रमुख गिता खड्काले वताउनुभयो ।
नगरको ग्रामिण सडकहरुमा नालीको आवश्यकता रहेको बताउँदै दिगो विकासका लागि काम गर्नुपर्ने समेत उप प्रमुख खड्काले वताउनुभयो ।