गाईघाट । उदयपुरमा जारी निर्माण व्यवसायी सँघको ८ औं जिल्ला अधिबेशन तथा १० औं साधारण सभाबाट कौशल आचार्य निर्वाचित भएका छन । ‘पूर्वाधार बिकास राष्ट्र निर्माणको आधार बनौं सर्वपक्ष जिम्मेवार’ भन्ने मुल नाराका साथ नेपाल निर्माण व्यावसायी संघको ८ औं अधिबेशनबाट १३६ मत सहित आचार्य अध्यक्षमा बिजयी भएका हुन ।
मंसिर २८ र २९ गते सम्पन्न अधिबेशनमा अध्यक्षसहित तृतीय उपाध्यक्षमा निर्वाचन भएको थियो । अन्य पदाधिकारीसहित सदस्य निर्बिरोध निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष आचार्यसँग निवर्तमान प्रथम उपाध्यक्ष प्रेम तिम्सिना प्रतिस्पर्धामा थिए । उनले ४९ मत पाएका छन ।
तृतीय उपाध्यक्षमा भएको निर्वाचनमा बिरेन्द्र खड्काले १२० मत ल्याएर बिजयी भएका छन भने उनिसँग प्रतिस्पर्धा गरेका चुल बहादुर मगरले ६४ मत ल्याएका छन ।
अन्य सर्वसम्मत हुनेहरुमा प्रथम उपाध्यक्षमा सुनिल कार्की, द्वतिय उपाध्यक्षमा शुभाष भट्टराई, महासचिवमा सुदिप दाहाल खत्री, सचिवमा कुल बहादुर राउत, कोषाध्यक्षमा अश्वीन खड्का र सह कोषाध्यक्षमा भुवन खड्का रहेका छन ।
यस्तै सदस्यहरुमा सीता कुमारी बस्नेत कार्की, मन्दिप राई, एक बहादुर कार्की, उद्ववबहादुर खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्वीन बस्नेत, गणेश कुमार राई, प्रमोद पोखरेल, सुनिल शाह, हेम दाहाल र अनिल आचार्य सर्वसम्मत निर्वाचित भएका छन ।