गाईघाट । जिल्ला अस्पताल उदयपुरले आफ्नो सेवामा व्यापक सुधार गरेको छ । अस्पतालको स्वीकृत दरबन्दीमा विशेषज्ञ डाक्टरहरुको पदपुर्ती भएसँगै जिल्ला अस्पतालको सेवामा सुधार भएको हो ।
हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ सेवा सुरु भएपछि धरान, विराटनगर, काठमाण्डौ जान वाध्य उदयपुरका स्थानीयहरु अहिले जिल्लामै उपचार पाउँदा खुसी छन ।
अस्पतालको मेडिकल सुपरिटेण्डेन (मेसु) ज्ञानेन्द्रकुमार झा र विशेषज्ञ डा शशिरन्जन प्रधानको नेतृत्वमा हाडजोर्नी तथा नशा रोगको जटिल शल्यक्रिया समेत जिल्ला अस्पताल गाईघाटमै हुन थालेपछि विरामीहरुलाई राहत भएको छ ।
भदौ अन्तिम साता मात्र जिल्ला अस्पताल उदयपुर सरुवा भई आउनु भएका १० औं तहका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर मेसु ज्ञानेन्द्रकुमार झा नेतृत्वको टोलीले जटिल प्रकारका हाडजोर्नीका २३० भन्दा बढी शल्यक्रिया सफतापुर्वक सम्पन्न गरि सकेका छ । गतबर्ष देखी नै डा प्रधानले हाडजोनी तथा नशाको उपचार गरेपनि भदौ अन्तिम साता मेसु डा झा आउनु भएपछि सेवा थप प्रभावकारी बनेको जिल्ला अस्पाताल प्रशासनले जनाएको छ ।
डा झा र डा प्रधानको सहितको टोलीले मेरुदण्डको हडडी भाँचिएर पक्षघात भएको, हिप बोन फयाक्चर भएको, घाँटीमा हसियाँले घोपेको लगायतको जटिल प्रकारको शल्यक्रिया समेत गरेर जिल्ला अस्पतालमा नयाँ रेकर्ड कायम गर्नु भएको जिल्ला अस्पताल प्रशासनका अधिकृत योगेश्वर खनालले जानकारी दिनु भयो ।
हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. झा र डा. प्रधानले जटिल प्रकारको २३० भन्दा बढी र हात खुट्टा भाँचिएको साना तथा मझौला ७ सय भन्दा बढी शल्यक्रिया सफलपुर्वक भएको छ ।
‘देशको पनि मुख्य शहरहरुको ठूला अस्पतालले मात्र गर्न सक्ने मेरुदण्डको हडडी भाँचिएर पक्षघात भएको विरामीको सफल शल्यक्रिया गर्न सफल भयौं ।’ डा प्रधानले भन्नुभयो, ‘त्यो भन्दा पनि जटिल त घाँटीमा घाँस काट्ने हसिँया गाडिएको बालिकाको घाँटीको अप्रेसन सफलता पूर्वक गरेकोमा आफूलाई गर्व महशुस भएको छ ।’
गत पौष मसान्तमा अस्पतालमा अस्पतालमा सेवा प्रदान गर्न आएनु भएका हाडजोर्नी विशेषज्ञ चिकित्सक डा शशि रन्जन प्रधानको नेतृत्वको स्वास्थ्यकर्मीको समूहले भदौ अघि सम्मको अवधिमा एक सय ५० जना भन्दा बढी बिरामीहरुका लागि शल्यक्रिया सेवा दिएको अस्पतालका तथ्याङ् शाखा मेडिकल रेकर्ड सुपरभाईजर सुरेस पाण्डेले बताउनु भयो ।
सिमित स्रोत साधन तथा अत्याधुनिक उपकरणहरु सहितको शल्यक्रिया कक्षको अभावकाबीच डा प्रधानको सक्रियतामा अस्पतालले गतसाल देखि नै हाडजोर्नीको शल्यक्रिया सेवा सुरु गरेको थियो । अस्पतालमा भाँचिएको क्ल्याभिकलको, नलिखुट्टा फुटेको र भाँचिएको घुँडाको, दुबै हड्डीे भाँचिएको हातको अप्रेशन लगाएतका शल्यक्रियाहरु सफलतापूर्वक सम्पन्न भई केही बिरामीहरु निको समेत भईसकेको अस्पतालले जनाएको छ । पर्याप्त उपकरणहरु र तालिम प्राप्त स्वास्थ्यकर्मीहरु उपलब्ध हुन सके अझै धेरै बिरामीहरुलाई सेवा दिन सकिने डा प्रधान बताउनु हुन्छ ।
अन्य अस्पतालहरु भन्दा कम खर्चमा नजिकको अस्पतालमा नै हाडजोर्नी शल्यक्रिया सहितको विशेषज्ञ सेवा सुरु भएपछि उपचारका लागि धरान र विराटनगर धाउनुपर्ने बाध्यता हटेको र अस्पतालले आफ्ना सेवा लाई दीर्घकालीन रुपमा स्थापित गर्न लागिपरेको अस्पतालका हाडजोनी तथा नशा रोग विशेषज्ञ तथा निमित्त मेडिकल सुपरिन्टेन्डण्ट डा ज्ञानेन्द्रकुमार झा बताउनु हुन्छ ।
हाडजोर्नी तथा नशा मात्र होईन स्त्री रोग तथा प्रसुति सेवामा समेत अस्पतालले सफलता हासिल गरेको छ । स्त्री रोग बिशेषज्ञ गाईनोका डा. मुकेश झा र स्त्री रोग बिशेषज्ञ गाईनोका डा. रितेशराज कणर्को नेतृत्वमा जिल्ला अस्पतालमै पाठेघर (पाठेघर फाल्ने) को शल्यक्रिया समेत गर्न सफल भएको छ ।
यहाँ कुनै पनि प्रकारको स्त्री रोग तथा प्रसुति सेवाका लागि बाहिर लैजानु पदैनन् । बालबालिकाको सामान्य उपचार हुँदै आएकोमा अब भने बालरोग बिशेषज्ञ डा. निरजकुमार सिंह आएपछि सेवा बिस्तार गर्न लागेको हो । यहाँ नबजात शिशु (क्ल्ऋग् ल्क्ष्ऋग्) उपचार सेवा बिस्तार हुने प्रक्रियामा रहेको तथ्याङ् शाखा मेडिकल रेकर्ड सुपरभाईजर सुरेस पाण्डेले बताउनु भयो । त्यसैगरी दन्त सेवामा डा. बेन्जु श्रेष्ठ बिशेषज्ञ डेन्टल सर्जन, डा. नारायण श्रेष्ठ बिशेषज्ञ डेन्टल सर्जनले सेवा उपलब्ध गराउँदै आएको छ ।
दक्ष जनशक्ति र प्रविधिहरुको अभाबले बिशेषज्ञ सेवा दिन नसकि राखेको अस्पतालमा अहिले भने एकपछि अर्को गर्दै गुणस्तरीय बिशेषज्ञ सेवा र प्रविधिहरुमा पनि पहुँच पुग्दै गएको छ । विशेषज्ञ डाक्टरहरु थपिँदै जाँदा सेवामा सहज हुनुका साथै उपचारको क्षेत्रहरु पनि थपिँदै गएको हो ।
अहिले अस्पतालले बाल रोग र रेडियोलोजिष्ट सेवा समेत बिस्तार गर्दैछ । सो सेवाहरु थपिए सँगै अस्पतालको उपचारमा सेवाहरु बृद्धि हुँदै गएको हो । त्यसैगरी अस्पताले रेडियोलोजिष्ट बिषेशज्ञ डा. नविन चौधरीको आगमनसँगै सिटि स्क्यान सेवा बिस्तारको तयारी थालेको छ । मेसु डा. झाका अनुसार अब थप सेवाका लागि नवजात शिशु (क्ल्ऋग् ल्क्ष्ऋग्) उपचार, सिटि स्क्यान, डायलासिस सेवा र सर्जरी सेवा सुचारु जस्ता महत्वपूणर् उपचारहरुमा अस्पताले सेवा विस्तारको प्रक्रिया अघि बढाएको जनाएको छ ।
अस्पतालमा रहेको आईसियु र भेन्टिलेटर सहितको सेवा छिट्टै सुचारु गर्ने तयारीमा रहेको तथ्याङ् शाखा मेडिकल रेकर्ड सुपरभाईजर सुरेस पाण्डेले जानकारी दिए । पछिल्लो समय विशेषज्ञ चिकित्सहरु आएसँगै अस्पतालले यो सेवा दिन थालेको हो । जिल्ला अस्पताल उदयपुरबाट बिराटनगर र धरान सरहको गुणस्तरीय उपचार सेवा दिन थालिएको मेसु डा. झा बताउँछन् ।
करिब पाँच बिगाहा जग्गाको क्षेत्रफलमा रहेको उदयपुर जिल्ला अस्पताल गाईघाटको १५ शैया, २५ शैया हुदै क्षमता विस्तार गरी २०६८ सालमा ५० शैयामा स्तरोउन्नती गरेको थियो । त्रियुगा नगरपालिकामा अवस्थित यस अस्पतालसँग सिमा जोडिएका खोटाङ्, भोजपुर लगायतका पहाडी जिल्लाहरुका मानिसहरुलाई समेत पाएक पर्ने भएकोले यहाँ बिरामीको चाँप अधिक हुने गर्दछ ।