कटारी । कटारी नगरपालिकामा गैर कृषकले किसान परिचय पत्र पाएका छन् । नगरपालिकाले कृषकको नाममा जारी गरेको किसान परिचय पत्र कृषी पेशमा आवद्ध नभएकाहरुले पाएका हुन् ।
किसानलाई कृषी पेशमा जोड्न र आत्मनिर्भर बनाउने उदेश्यले स्थानीय तहबाट किसान परिचय पत्र वितरण भइरहेको छ । यही किसान परिचय पत्र कटारीमा भने गैर कृषकले पाउने गरेको र वास्ताविक कृषि पेशामा आवद्ध किसानले नपाउने गरेको किसानहरुको भनाइ छ ।
कटारी नगरपालिका–२ का कृष्णलाल मिश्र वर्षौदेखि कृषि पेशामा हुनुहुन्छ । उहाँ आफु वास्तविक कृषक भएपनि किसान परिचय पत्र नपाएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जो खेती पाती वा कृषि कर्मममा छैन्, एउटा फर्म दर्ता गरेर बस्छ । उही वास्ताविक किसान हो रे ! उसैले मात्र किसान परिचय पत्र पाउँछ रे । मैले पाइन ।’
उहाँले आप्mनो वडामा आफुहरु जस्ता धेरै किसानले किसान किसान परिचय पत्र नपाएको बताउनु भयो । कृषि पेशामै आश्रीत सोही वडाका गणेश लामिछानेले पनि किसान परिचय पत्र पाउन पाउनु भएनन् । उहाँ भन्नुहुन्छ, ‘जो कृषी पेशामा आवद्ध छैन, उसलाई मात्र नगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ ।’
कटारी नगरपालिका–२ का मिश्र र लामिछाने उदाहरण मात्र हुन । कटारी नगरपालिकामा नगरपालिकाले वितरण गरेको किसान परिचय पत्र नपाउने किसानको संख्या उच्च रहेको छ । कृषि फर्म दर्ता गरेर सरकारी जागिर भएकाहरु, ठेकेदारहरुले किसान परिचय पत्र पाउने गरेका किसानको आरोप रहेको छ । वषौँदेखि कृषि पेशामा रहेकाहरुले किसान परिचय पत्र नपाएको किसानहरुको भनाइ छ ।
नगरपालिकाको कृषि शाखा मार्फत वडा कार्यासम्म पुगेर वितरण भएको किसान परिचय पत्र व्यापारी, शिक्षक, पहुँचवालको कब्जामा पुगेको हो । किसान परिचय पत्र पाउनेमा गैर किसानहरुको संख्या उच्च रहेको कटारी नगरपालिका–२ का वडा सदस्य रामप्रसाद गौतम बताउँनु हुन्छ ।
‘जो वषौँदेखि खेती किसानबाटै परिवार पाल्दै जीविका चालउँदै आएका छन्, उसले किसान परिचय पत्र पाएको छैन, वास्ताविक किसानको किसान परिचय पत्र पाउने लिष्टमा नामै छैन ।’ उहाँले भन्नुभयो ।
कटारी नगरपालिकाकी कृषि शाखा प्रमुख एलिका मगरले किसान परिचय पत्र वितरणमा समस्य आएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘किसान परिचय पत्र वितरणमा धेरै वास्ताविक किसान छुट्नु भएको छ, अब अनुदान दिने वेला अनुगमन गरेर सच्याउँदै जाने, वास्तविक किसानलाई परिचय पत्र दिने नयाँ कार्यक्रम बनाउनु पर्छ ।’
कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले पहिलो चरणमा वितरण हुन लागेको किसान परिचय पत्र दुई वर्ष अघि नै प्रिन्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जम्मा क, ख, ग, घ गरेर चार भागमा वर्गिकरण गरी किसानको परिभाषित गरिएको छ, त्यही आधारमा वितरण गरिएको हो ।’
उहाँले पहिलो चरणमा तीन हजार दुईसय किसानलाई परिचय पत्र विरण गर्न लागेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा कृषक तथ्यंक निकाल्न बाँकी रहेको छ, अहिले तीन हजार दुईसयलाई मात्र किसान परिचय पत्र वितरण गर्दै छौँ ।’