लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले एक विद्यालयका प्रधानध्यापक (हेडसर) लाई गैर जिम्मेवार भएको आरोप लगाउनु भएको छ । उहाँले फेसबुकमा शनिबार एक स्टाटस लेख्नुहुँदै लिम्चुङबुङ गाउँपालिका–१ मा माध्यमिक विद्यालय १–१० बाँसबोटे बुत्कुमा कार्यरत प्रधानध्यापक (हेडसर) खिलराज राईलाई गैर जिम्मेवार भएको आरोप लगाउनु भएको हो ।
पालिका अध्यक्ष राईले लेख्नु भएको छ, ‘आदरणीय हेडसर, खिलराज राई ज्यू ! नमस्कार 🙏 तपाईले नेतृत्व गरिरहनु भएको विद्यालयको ८ कोठे भवनको ढलान भईरहेको छ, तपाई उपस्थित नभएको देख्दा, मोवाईलमा बारम्बार सम्पर्क गर्दा पनि कल रिसिभ नगर्ने किन यस्तो गैरजिम्मेवार ?’
अध्यक्ष राईले फेसबुक स्टाटसमै लेख्नु भएको छ, ‘आज शनिबार भन्नु होला, स्कूल बिदा भएको होला भन्नु होला यो भवनको योजना यो अवस्थामासम्म ल्याउन धेरै परिसा र मेहनत गरिएको छ । पहिले भवनको लागि गाउँपालिका दिनरात धाउनु भयो बिदा र शनिवार भन्नु भएन, योजना अगाडी बढेपछि यो स्तरको बेवास्ता र गैरजेम्मेवार गर्नु हुन्छ भन्ने हामीले सोचेका थिएनौँ ।’
अध्यक्ष राईले स्टाटसमै गुनासो पनि गर्नु भएको छ । जसमा ‘यो ठाउँ भनेको तपाई जन्मेको हुर्केको र तपाईलाई तपाँई बनाएको गाउँठाउँ र स्कूल हो । आज स्कूल ढलान रहेछ हिजो नै तपाई चुवाडे घर झर्नु भएछ । स्कूलको ढलान सकेर झर्नु भएको भए के हुन्थ्यो ?’
पालिका अध्यक्ष राईले हेडसर खिलराजलाई सम्झाउँदै भन्नु भएको छ, ‘हेड सर कस्तो हुनु पर्छ र स्कूल कसरी चलाउनु पर्छ भन्ने कुरा अरुठाउँको होईन हाम्रै लिम्चुबुङ वडा नं. ४ को श्री क्याप्टेन पर्शुराम पद्याराई १–१२ को पालिकाको नमुना विद्यालयको हेडसर श्री ज्ञावनशेर राईबाट विद्यालयको प्रशासन कसरी चलाउनु पर्छ ? स्कूलको नेतृत्व कसरी हाक्नु पर्छ भन्ने कुरा त्यहाँ गएर हेर्नु होस, बुझ्नु होस, हेरर सिक्नुस नत्र भने हेडसर भनेको समय बिताउने र जागिर खाने भाँडो मात्र होईन होलायदि चलाउन सक्नु हुन्न भने आफ्नो जिम्मेवार अरु कर्मठ र सकृय सहकर्मीहरुलाई हस्तान्तरण गरेर महान कार्य गर्नुस । सबैको भलो यहि हुनेछ।’
अब देखि सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र सबै राजनितिज्ञहरुले समयलाई बुझ्ने, समयको पालना गर्ने र आफ्नो जिम्मेवारी, महत्व, भूमिका र आनिबानी सुधार गरौँ । नियम पालन नगर्ने आफ्नो भूमिका माथी लापरवाही गर्ने नेता, जनता, कर्मचारी सबैको बारे आवाज उठाने पर्छ ।धन्यवाद ।’
हेरौँ लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष राईको स्टाटस जस्ताको तस्तै
आदरणीय हेडसर,खिलराज राई ज्यू !
नमस्कार
तपाईले नेतृत्व गरिरहनु भएको विद्यालयको ८ कोठे भवनको ढलान भईरहेको छ, तपाई उपस्थित नभएको देख्दा,मोवाईलमा बारम्बार सम्पर्क गर्दा पनि Call Receive नगर्ने किन यस्तो गैरजिम्मेवार ? आज शनिबार भन्नु होला,स्कूल बिदा भएको होला भन्नु होला यो भवनको योजना यो अवस्थामा सम्म ल्याउन धेरै परिना र मेहनत गरिएकोछ।पहिले भवनको लागि गाउँपालिका दिनरात धाउनु भयो बिदा र शनिवार भन्नु भएन,योजना अगाडी बढेपछि यो स्तरको बेवास्ता र गैरजेम्मेवार गर्नु हुन्छ भन्ने हामीले सोचेका थिएनौ,यो ठाउँ भनेको तपाई जन्मेको हुर्केको र तपाईलाई तपाई बनाएको गाउँठाउँ र स्कूल हो।आज स्कूल ढलान रहेछ हिजो नै तपाई चुवाडे घर झर्नु भएछ,स्कूलको ढलान सकेर झर्नु भएको भए के हुन्थ्यो ??? हेड सर कस्तो हुनु पर्छ र स्कूल कसरी चलाउनु पर्छ भन्ने कुरा अरुठाउँको होईन हाम्रै लिम्चुबुङ वडा नं. ४ को श्री क्या. पर्शुराम पद्याराई १-१२ को पालिकाको नमुना विद्यालयको हेडसर श्री ज्ञावनशेर राईबाट विद्यालयको प्रशासन कसरी चलाउनु पर्छ र स्कूलको नेतृत्व कसरी हाक्नु पर्छ भन्ने कुरा त्यहाँ गएर हेर्नु होस,बुझ्नु होस,हेरर सिक्नुस नत्र भने हेडसर भनेको समय बिताउने र जागिर खाने भाँडो मात्र होईन होला,यदि चलाउन सक्नु हुन्न भने आफ्नो जिम्मेवार अरु कर्मठ र सकृय सहकर्मीहरुलाई हस्तान्तरण गरेर महान कार्य गर्नुस।सबैको भलो यहि हुनेछ।
अब देखि सबै जनप्रतिनिधि,कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी र सबै राजनितिज्ञहरुले समयलाई बुझ्ने,समयको पालना गर्ने र आफ्नो जिम्मेवारी,महत्व,भूमिका र आनिबानी सुधार गरौ।नियम पालन नगर्ने आफ्नो भूमिका माथी लापरवाही गर्ने नेता,जनता,कर्मचारी सबैको बारे आवाज उठाने पर्छ।धन्यवाद !
#लिम्चुङबुङ #ZeroदेखिHero