उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित साइपामा रहेको परेवा झरना प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको परेवा झर्ना भएपनि प्रचार–प्रसार नहुँदा पर्यटकको रोजाइमा पर्न सकेको छैन् ।
उदयपुरगढी गाउँपालिकाको केन्द्र उदयपुरगढीबाट करिब २० देखि २५ किलोमिटर दुरीमा रहेको परेवा भर्ना उदयपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको जरूवा बजारबाट कच्ची सडक हुँदै एक घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । स्थानीय सन्तोष मगर भन्नुहुन्छ, ‘प्रकृतिक सुन्दरताले परिपूर्ण भएपनि पर्यटकीय क्षेत्रको विकास गर्नको लागि सरोकारवालाहरुले ध्याँन दिएका छैनन् ।’ उहाँ भन्नुहुन्छ, ‘झरना निकै आकर्षक, मनमोहक, र घुम्मन आाउँने पर्यटकको मननै लोभ्याउने खालको छ ।’
झरना निकै आकर्षित र ठुलो भएता पनि प्रचार–प्रसार र मुख्य गरि सडक पुर्याउन नसक्दा परेवा झरनासम्म पर्यटक पु्ग्न नसकेको अर्का स्थानीय चेतन मगरको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘एकसय पचास फिट अग्लो छ, तर, पनि यसको कुनै पनि सरोकारवालाहरुले खोजी गरेका छैनन् । स्थानीय तहको चुनावपपछि मात्र वडा कार्यालयले यसको विकास र प्रचार प्रसारमा केही काम थालेको छ ।’
उक्त झरनाको नाम परेवा राख्नुको कारण बारे स्थानीय भन्छन्, ‘झरना नजिकै एउटा गाउँ थियो, त्यो गाउँलाई ठुलो पहिरोले बगाई दियो, र गाउँका परेवा सबै झरनाको वरिपरी ढुङ्गाको चेप्मा गएर बसेकाले झरनाको नामनै परेवा झरना रहन गएको हो ।’ अहिले पनि उक्त झरनामा प्रशंस्तै परेवाहरु पाईन्छ । उदयपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदी भन्नुहुन्छ, ‘परेवा भर्ना एउटा महत्पुर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । यसको लागि गाउँपाकिाले परेवा भर्नाको गुरु योजनासमेत बनाइसकेको छ ।’
उदयपुरगढी गाउँपालिका वडा नम्वर ३ का वडाअध्यक्ष मनोज कार्कीले परेवा भर्नालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजना बनाइसकेको र गुरुयोजनामा चिल्ड्रेन पार्क, मन्दिर लगायतका भौतिक पूर्वाधर बन्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामीले यस वडा कार्यालयमा निर्वाचन जितेपछि मात्र झर्नाको बारेमा थाहा भयो, अहिले केही काम हुन सुरु भएका छन्, अहिले हामीले झर्ना नजिक सडक समेत पु¥याइसकेका छौँ ।’
झरना निकै आकर्षक छ । यसको प्रचार प्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरुको भनाइ छ । जिल्लाको उदयपुरगढी गाउँपालिका पर्ने यो झरना अहिले पर्यटकहरुको तव्रि प्रतिक्षामा रहेको र सञ्चार माध्यम बाट प्रचारप्रसार गर्दिन सबैमा आग्रह वडा अध्यक्ष कार्कीको रहेको छ ।