उदयपुर । उदयपुरमा रहेको यातयात व्यवस्था सेवा कार्यालय गाईघाटको सरकारी ट्राइल सेन्टर नहुँदा सेवाग्राही मारमा परेका छन् । नीजि लगानीमा खोलिएको प्रयोगात्मक परीक्षा स्थल (ट्राइल सेन्टर) मा प्रयोगात्मक परीक्षा दिने सेवाग्रही मंहगो शुल्क तिर्न बाध्य भएका हुन् ।
२०७२ असारमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले लामो समय पछि सवारी चालक अनुमति पत्र (लाईसन्स) को प्रयोगात्मक परीक्षा लिन सुरु गरेको हो । तर, ट्राइल सेन्टर नहुँदा नीजि लगानीमा खोलिएको ट्राइल सेन्टरमा परीक्षा लिनु परेको छ । सोही ट्राइल सेन्टरमा सेवाग्राही महंगो शुल्क तिर्न बाध्य छन् । ट्राइल दिन आएका चतुर धामीले ट्राइल सेन्टरकै सवारीसहित ट्राइल सेन्टरको समेत शुल्क तिर्नुपर्दा महंगो भएको बताउनुभयो । यसैगरी अर्का सेवाग्राही विजय राईले पनि ट्राइल सेन्टरको शुल्क महंगो भएको गुनासो गर्नु भएको छ ।
कार्यालयले त्रियुगा नगरपालिका ९ गैहरुनमा रहेको गाईघाट ड्रइभिङ सेन्टरको ट्राइल सेन्टर प्रयोग गर्दै आइरहेको छ । यातायात कार्यालयको आफ्नै ट्राइल सेन्टर नहुँदा परीक्षार्थीहरुले महंगो रुपमा शुल्क तिरेर ट्राइल परीक्षा दिन बाध्य छन् । उदयपुरमा गत मंसिर ८ गतेदेखि सवारी चालक अनुमती पत्र (लाइसन्स) वितरणको लागि ट्राइल लिन थालिएको थियो ।
ट्राइल सेन्टरको सवारी साधन प्रयोग गरे वापत दुई पाँग्रे मोटर साइकल र स्कुटरको २४० रुपैया शुल्क र थप १३ प्रतिशत भ्याट सहित २७१ रुपैँया २० पैसा तिर्नु पर्छ । चार पाँग्रे सवारी साधन प्रयोग वापत ५४० रुपैँया र थप १३ प्रतिशत भ्याट सहित ६१० रुपैँया २० पैसा तिर्नु पर्छ ।
स्रोतका अनुसार ट्राइल सेन्टर प्रयोग गरेवापत उठेको रकमको केही प्रतिशत यातायात कार्यालयको कर्मचारीसम्म पुग्ने चर्चासमेत हुने गरेको छ । ‘हामीले महंगो भयो भनेर विरोध गर्दा फेल बनाइदिने धम्कीसमेत पाइने गरेको छ,’ नाम उल्लेख नगर्ने एक सेवाग्रहीले भन्नुभयो, ‘सेवा लिन पाएका छौँ, यसैमा खुसी हुनुपर्छ ।’
यातयात कार्यालय भन्छ, एउटा मात्र ‘ट्राइल सेन्टर’ सेवाग्राही महंगोमा परे’
यता यातयात व्यवस्थपन सेवा कार्यालयका प्रमुख सुभाष कार्कीले आफुहरुलाई पनि ट्राइल शुल्क महंगो भएको अनुभुती भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘गाईघाटमा एउटा मात्र सरकारी मापदण्ड पुरा गरेको ट्राइल सेन्टर छ, जसको कारण विना प्रतिस्प्रर्धा गाईघाट ड्रइभिङ सेन्टरमा नै ट्राइल लिनु परेको छ, सरकारीले तोकेको कुनै शुल्क पनि छैन्, जसको कारण केही महंगो परेको अनुभुति भइरहेको छ ।’
उहाँले तीन चारवटा ट्राइल सेन्टर भएको भए प्रतिस्प्रर्धा गराउँदा सस्तो हुने बताउनुहुँदै सेवाग्रहीको गुनासो प्रदेश सरकार समक्ष पु¥याएको पनि बताउनु भयो । ‘हामीले ट्राइल सेन्टरलाई कुनै पनि रकम नदिइएको र ट्राइल सेन्टरले नै सम्पूर्ण लगानी गरेकोले पैसा लिनु स्वभाविक हो, केही महंगो भएको छ, त्यो सेवाग्रहीको गुनासो प्रदेश सरकार समक्ष पुर्याएका छौँ ।’
प्रमुख कार्कीले सवारी धनीकै सवारी साधानबाट ट्राइल दिन पाउने भएपनि आफुहरुसँग जनशक्ति अभाव भएकाले गराउन नसकिएको बताउनु भयो । ‘जसले आप्mनो सवारी साधानबाट ट्राइल दिन चाहानुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यो सवारी साधान मापदण्ड अनुसार छ की छैन् भनेर चेक जाँच गर्ने जनशक्ति अभाव भएकाले पनि सेवाग्रही मारमा पर्नु भएको छ ।’
उहाँले ट्राइल सेन्टरबाट कार्यालयका कर्मचारीले कुनै पनि पैसा नलिएको दाबी गर्नु भएको छ । उहाँका अनुसार ट्राइल सेन्टर र मेडिकल सेन्टरबाट केही रकम यातायातका कर्मचारीलाई आएको सरासर झुट भएको बताउनु भएको छ । ‘ट्राइल सेन्टर महंगो शुल्क असुली गरेको गुनासो म कहाँ पनि आएको छ । महंगो शुलक कसरी घटाउन सकिन्छ यसबारे हामी छलफल गर्नेछौं ।’
कार्यालयका अनुसार हालसम्म उदयपुरमा सवारी चालक अनुमती पत्र (लाइसन्स) को २ हजार तीनसय ४५ जनाले आवेदन दिएका थिए । त्यसमा ६९२ जना सवारी चालक अनुमती पत्रको परीक्षा पास गरेका छन्, भने एक हजार ४५० जना फेल भएका छन् । उहाँले मापदण्ड बमोजिमको सवारी साधनबाट ट्राइल दिनु पर्ने भएकोले निजी ट्राइल सेन्टरको सवारी साधन प्रयोग गर्नु परेको हो ।
मापदण्डतः ९७ सिसीको मोटर साइकल वा स्कूटरबाट ट्राइल दिन सकिन्छ । उदयपुरमा दिन विराएर एक सय भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको छ । यातयात कार्यालयको आप्mनै ट्राइल सेन्टर नहुँदा पनि सेवाग्राहीको गुनासो आउने गरेको कार्यालयको भनाइ छ । ‘सरकारी ट्राइल सेन्टर बनाउन अत्यन्त जरुरी छ,’ कार्कीले भन्नुभयो, ‘सरकारी ट्राइल सेन्टर हुँदा पनि सेवाग्रहीको गुनासो आउने थिएन् ।’