पाँच रातको थकाइमा थकित्त थिए बाम नेता । उनी घरमा आएको दिन पूरै अर्ध निद्रामा ब्याकुल थिए । साँझ पर्नासाथ बेलैमा खानपिन गरे । घरका सदस्यहरुसँग पनि खासै कुरा गर्ने अवस्था थिएन । पाँच रात सम्मको अनिधो अवस्थाले इन्तु न चिन्तु थिए नेताजी ।
साँझको सात बजेतिर नेताजी आफ्नो ओछ्यानमा पुगे । सुत्नासाथ भुसुक्क निदाए । करिब मध्य राततिर उनले एक आश्चर्य जनक सपना देखे । सपनामा उनी अधिवेशनबाट अध्यक्ष पदमा विजयी भए । केन्दियताको दवावमा उनले अरुलाई पाखा लागाएको दृश्य सपनामै आयो । जनवाद बिनाको केन्द्रियताले अध्यक्ष भएको लोभ लाग्दो सपना थियो त्यो ।
क्रमश ः सपनाले आफ्नो आकार बढाँउदै गयो । बाम नेतालाई थुप्रै संचारकर्मीले घेरे । उनका पक्षधरहरुलाई सुरक्षा कर्मीले पन्छाउन थाले । सुरक्षाकर्मीले संचारकर्मी र नेताजी दुवै पक्षलाई कुरा गर्न सहज बनाइदिए ।
यतिकैमा एक संचारकर्मीले सोधे, “अल्पमतमा हुँदा हुँदै कसरी अध्यक्ष बन्नु भो, नेताजी ? प्रष्ट पारिदिन पर्यो” । नेताजीले जवाफ दिए, “एक व्यक्ति एक पद ! यही हो कुरा । ” सवै आश्चर्यमा परें । दोस्रो पत्रकारले जिज्ञासा राखे, “अनि तपाई त तल्ला समितिहरुमा पनि हुनुहुन्छ त ?”
नेताजीले चर्को स्वरमा भने,“यो जनवादी केन्द्रियता हो । अनि एक व्यक्ति एक पद । यसमा टोल, वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रमा एक व्यक्ति एकै खाले पदमा हुनु पर्छ क्या ! कुरा बुझ्नुस् ।”
सवै संचारकर्मी ............