लाटो बोल्छ,
लंगडो दौडिन्छ,
बहिरो सुन्छ,
अन्धो देख्छ !
मेरो देशमा अन्धो देख्छ,
मेरो देशमा अन्धो देख्छ !
अग्लो होचिन्छ,
होचो अग्लिन्छ,
बलियो दुब्लाउँछ,
दुब्लो मोटाउँछ !
मेरो देशमा दुब्लो मोटाउँछ,
मेरो देशमा दुब्लो मोटाउँछ !
सफा फोहोर छ,
फोहोर सफा छ,
बास्ना गन्हाउँछ,
गन्ध सुगन्धित छ !
मेरो देशमा गन्ध सुगन्धित छ,
मेरो देशमा गन्ध सुगन्धित छ !
महंगो मूल्यहिन छ,
सस्तो मूल्यबान छ,
कूरुप राम्रो छ,
सुन्दर नराम्रो छ !
मेरो देशमा सुन्दर नराम्रो छ,
मेरो देशमा सुन्दर नराम्रो छ !
मीठो नुनिलो छ,
तीतो गुलियो छ,
गुलियो चर्को छ,
अमिलो पीरो छ !
मेरो देशमा अमिलो पीरो छ,
मेरो देशमा अमिलो पीरो छ !
धर्म खुम्चिंदो छ,
अधर्म फैलिदो छ,
सत्य लुटिंदो छ,
असत्य जोगिंदो छ !
मेरो देशमा असत्य जोगिंदो छ,
मेरो देशमा असत्य जोगिंदो छ !
ज्ञानी अपमानित छ,
मूर्ख सम्मानित छ,
सज्जन अस्ताउँदो छ,
दुर्जन उदाँउदो छ !
मेरो देशमा दुर्जन उदाँउदो छ,
मेरो देशमा दुर्जन उदाँउदो छ !
दया तिरस्कृत छ,
घृणा पूजित छ,
न्याय पराजित छ,
अन्याय विजयी छ !
मेरो देशमा अन्याय विजयी छ,
मेरो देशमा अन्याय विजयी छ !