उदयपुर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ काे प्रदेश सिमितिमा उदयपुरबाट २१ जना प्रदेश सदस्य निर्वाचित हुनु भएकाे छ । माेरङकाे विराटचोकमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट उदयपुर अगुवा नेताहरु प्रदेश समिति सदस्यमा निर्वाचित हुनु भएकाे छ ।
निर्वाचित हुनु हुनेहरुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र उदयपुर २ का प्रतिनिधिसभा सदस्य तथा सुरेशकुमार राई (हिमाल), मोहन बहादुर खत्री (दिपक), भिम बहादुर अधिकारी (अनिल), बिनोद कटुवाल (दिवस), काजिमान तामाङ(जिज्ञासा), राजन किराती (बासु) रहनु भएकाे छ ।
यसैगरी भेषकुमारी राउत (कोपिला), केपि बराल, मणी खम्बु दाेर्ण पाैडेल (निरज) नारायण बुर्जामगर, बिमल किराती, एबिराज राई, ढुङ्गराज बिक, भगवती खनाल (निशा), झनक बिक, रमन भट्टराई रहनु भएकाे छ । यसैगरी दिलकुमारी मगर (चेतना), सम्झना तामाङ्ग (योद्दा) अमृता राई र निर्मला मगर रहनु भएकाे छ । अधिवेशनकाे बन्दशत्रले प्रदेश १ का १४ जिल्ला र गैर भुगाेलिक १ गरी २६९ जनाकाे कार्यसमिति सर्बसहमत चयन गरेकाे हाे ।
यता नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि सहमतिकै आधरमा पछि टुंगिने जानकारी दिइएकाे छ । प्रदेश अध्यक्षको दौडमा सुरेशकुमार राई (हिमाल), हेमराज भण्डारी, ईन्द्रबहादुर आङ्बो र सुदन किराती दौडमा हुनुहुन्छ । प्रदेशमा चुनिएका २६९ जना सदस्यले अध्यक्षसहित पदाधिकारी छान्ने माओवादी केन्द्रकाे विधानमा रहेकाे माओवादी केन्द्रका नेताहरुले जानकारी दिएका छन् ।