बाउ आमाको आठाैँ छोरो नै जन्तरे हो । उसले मनमनै गमेथ्यो– म एका विहानै नजिकैको चिया पसलमा पुगें । त्यहाँ अलि कमै मन्छेको उपस्थिति देखें । एक कप चिया पिएर म अलि परको दाेंस्रो चिया पसलमा पुगें । त्यस चिया पसलमा रामै्र जमात देखें मान्छेको । सवै पुरुषहरु नै थिए त्यहाँ । एकलौटि र मनमौजी पुरुषवादी र बिना तुकका गफमा लठ्ठ थिए ती सवै । तिनिहरुमध्येका एकजना अलि पारा भाखा मिलाएर शृंगार रस मिसाँउथे गफमा । म पनि तिनै शृंगार रसका मुहानतिरै लागें । शुरुमा एक खाले गफ सकेर एक कप चिया मागें । चिया पिएँ । अरु सवैले चिया पिईसकेथे ।
मलाई छेउ लगाएरै गफ हाँके एक अर्का गड्तौला बाजेले । पालैपालो बुढापाकाले ठट्यौली गर्न भेला हुने थलो त्यहि थियो । गफभित्रबाट राम्रा नराम्रा छान्नै नपर्ने । सवै रसिला कुराकानि गर्दा गर्दै विहान विताईन्थ्यो त्यहि चिया पसलमा । दश बज्नै लाग्दा एकादुई हतारिंदै घरतिर दैडन्थे । कार्यलय र विद्यालय जाने चटारो पथ्र्यो । घर पुगेर श्रीमतिको एक–एक झटारो खाएरै भात पाउँथे । ती बेतनधारी कोही कुनै कुलतमा थिएनन् । थिए त त्यहि चिया गफ र शृंगार रसका पाखी थिए ।
राती नौ बज्दा घर पुग्थे । सबैका मोबाइल फोन आ–आफनै रिङटोनमा टिनिनि टिनिनि कराउथे अध्याँरो भँुईमा खस्नासाथ । आपसि सल्लाह कसैको कसैसँग थिएन्, तर फोन उठाँउदैनथे तिनिहरु । किनभने सबैका मोबाईल कलहरु घरको गालीबाट परिचित थिए । अभ्यस्त थिए । रात छिप्पिए पछि आलोपालो उठ्दै हिंड्दै हुन्थ्यो । सबैको घर पुग्ना साथ श्रीमती, छोराछोरी, पाका बा आमा बाहिरै कुरी रहन्थे गाली पछार्न ती माथि । खाना सेलाएकै हुन्थ्यो प्राय । घरका सबैले खाएकै हुन्थे । आफै भान्से बन्नु पथ्र्याे तिनले । चुपचाप खाना खाएर डराइ डराइ शयन कक्षमा प्रवेश गर्दथे । यसै गरि करिब करिब एक बीस मान्छेको बिहानी र सन्ध्याले मेलो समातेको थियो । त्यो प्रक्रिया बाह्रै महिना चल्थ्यो ।
संयोग त्यसदिन गाँउका दधीराम पाँडेका ज्वाँई पनि बिहानै त्यसै चिया पसलमा सवार भए । म भन्दा अलि निकै पछि उनको आगमन भयो । उमेर मध्य थियो तिनको । प्राय सबैलाई उनले “नमस्कार, एकमुष्ट नमस्कार” भन्दै आदर टक्रयाए । तिनी सबैका माझमा परिचित पात्र नै थिए । सबैले करिब एकै स्वरमा आदर र्फकाए, “नमस्कार ज्वाई सा’व, नमस्कार” भन्दै बस्ने ठाँउ मिलाइदिए । ती ज्वाँई मुडामा बसे ।
पेशाले ती ज्वाँई शिक्षक थिए । घरद्वरा भने अलि टाढै पर्दथ्यो । वर्षमा दुई पटक सासू ससुरा भेट्न आँउथे तिनी । ज्वाँई समाज परिवर्तन र रुपान्तरणका हिमायती पनि थिए । विद्यालय समय बहेक उनी सधैँ रातो पोशाकमै देखिन्थे । गाँउका हिन्दु कर्मकाण्डी पुरोहित जस्तो आवरण थियो उनको । तर कुरा विल्कुल फरक थियो । यो पहिरन त कर्मकाण्डी गुरुहरुका आचरण अध्ययन गर्न बनाएको हतियार थियो उनको । सँच्चा कर्मठ र इमान्दार राता मान्छे थिए उनी । परिवर्तनका अगुवा थिए । त्यस दिन भने फरक–फरक स्तरका राता वस्त्र उपस्थित थिए उनका जीउमा । ज्वाँई मुडामा बस्नासाथ भू .पू Þतहशिलदार चुडामणि शर्मा बोले, “आज ज्वाँई सा’वका कुरा सुनौं ।” सवै चुपचाप रहे ।
एकछिन रोकिएर ज्वाँई बोले, “चरित्र, नैतिकता, मानवीय मूल मान्यता, समीक्षा, नागरिक अधिकार र कर्तव्य, दायित्व, सामूहिक पदद्ति, निती नियम, विविधता, अनुशासन, सोच, चिन्तन, समस्या समाधान, न्याय, निश्पक्षता, सूचना, मूल्यांकन, अन्तर संघर्ष, व्यवस्थापन तथा वौदिक सहभागिता, वैचारिक आस्था जस्ता पक्षहरु राता मान्छेमा हुनुपर्ने मूल्य सहितका आधारहरु हुन् । यी सबै पक्षहरु मध्ये क्रमशः सवैलाई राता मान्छेले जानी जानी स्वयम्ले स्खलित गराएका हुन् । विश्वकै राता मान्छेका दौडका धावन मार्ग हेर्दै जाँदा वैचारिक पाटो र वैचारिक खुराक भएका व्यक्तिहरुको स्खलन गराइनु नै यात्रा समाप्त गर्नु हो । राता मान्छेमा तपाईहरु पनि पर्नुहुन्छ । अझ कस्सिएर ज्वाँई अघि बढे, “तपार्इंहरु यो चिया पसलमा आज मात्र देखिनु भएको होइन । वर्षौैं वित्यो, तपार्इंहरु कोही बहालवाला त कोही अवकाश प्राप्ता । दश वर्षसम्म तपाईंहरु ‘चुँ ’पनि बोल्नु भएन । पछि राता कपडामा बदलिनु भो । खै ती राता कपडा आज ?” एक पूर्व शिक्षक बोले, “हामीले आवरण फेरे पनि भित्र हामी रातो रंगमै छाँै । तर वैचारिक सम्मान कहाँ छ यहाँ ?” वैचारिक खुराक र कामको मोल अनि मूल्यांकन मरिरहेछ । ”
फेरी पनि ज्वाँई कड्किन्छन्, “म सधैं रातो मान्छे । आज हेर्नुस् मेरा जुत्ता निख्खार सहितको रातो रंगमा छन् । मेरो सुरुवाल आधा रंग उडेर फुङग छ । कमिजको तीन चौथाई रातोपन खुइलिएको छ । टोपीमा कुनै रातोपन छैन । झलक्क हेर्दा यो टोपी सातै रंगको मिसावट र रातो रंगको उदासिनताले आफैंमा स्खलित छ ।”
तीनै ज्वाँईका कुरा सुनेर सबै स्तब्ध भए । चुपचाप रहे । कोही बोलेनन् । म पनि नाजवाफ भएँ । सवैजना ज्वाँईकै पहिरन र आवरणलाई चार भाग लगाएर खुट्याई खुट्याई नियाल्न थाले । वैचारिक आस्था र निष्ठा अनि सिद्धान्त तथा दर्शन, मेहनत र श्रमको मोल ज्र्वाँईका वस्त्रादि झैं पाउदेखि शीरसम्म स्खलित हुदैँ गएको पत्ता लगाए । ज्वाँई उठेर बाटो लागे । उनीहरु सवै त्यहीं थिए ।
म पनि चिया पसलबाट चाँडै निस्किंएँ । ज्वाँई शुरुमै चलेथे । त्यसवेला धेरैका हातमा चिया छँदै थियो । पछि के गरे, थाहा भएन । कति रमाए, थाहा भएन । कति गफिए, थाहा भएन । के लेखे, के भने, केहि थाहा भएन । धन्य ज्वाँई ! धन्य पाकाहरु ! अनि त्यो ‘म’ नि ?.......................!!
सम्पन्न !