“टलक्क टल्क्यो गहना सुहाई,
खाई फलामे घनको चुटाई !”
कवि बलाराम दाहालको कविताका दुई पंक्ति ंगुन्गुनाएँ । पसिनाले लपक्कै भिजेको सरो भोटो फुकालें । सिंगौरोमा झुन्ड्याएँ । पालितिर गएर कछाड निचोरें । पसिना पन्छाएँ । टोपीले मुखाकृति सोहोरें । पसिना सुकाएँ । कछाड फेरें । लँगौटी बदलें । पसिना पखालें । कौसिमै फिजाएँ । तल झरें । आगनको तल्ला छेउको लम्पसार कोलमा जीउ बिसाएँ । चिसो हावा जिउभरी मिसाएँ । चिसोसँगै तन र मन मिसाएँ ।
म अलिकति सेलाएको मात्र थिएँ । टुप्लुक्क ठाहिँलो आइपुग्यो । नाक काटिएका,े कान च्यातिएको, चिंउँडो दुई फ्याक भएको, निधार खोल्सो परेको, माथिल्लो ओठ फाटिएको, गिजाशुद्वै एक हार दाँत हराएको, आधा जिब्रो काटिएको ! ठाहिँलो घरबाट निस्कँदा गाँउका सवै केटाकेटि डराँउथे, भाग्थे, नयाँ बुहारीहरु कुलेलाम ठोक्थे, घाँसको भारी, दाउराको डोको अनि पानिको गाग्री कति पछारे कति तिनले, हिसाब थिएन ।
दाहिने खुट्टोले घुँडाभन्दा आधा हात माथिनै पूर्ण विराम लगाएको थियो । ठाहिँलोका दुवै हात सग्लै थिए । उसको देब्रे खुट्टो घुँडासम्मको छँदै थियो उसको । पल्लाटार भक्तेले काठको पातलो पिर्कामा पिन ठोकेर बैठक राख्न पुग्ने ठाँउ बनाइदिएथ्यो ठाहिँलोलाई । शाही सेनाबाट फर्कंदा सहोदर भाइ अन्तरेले चेप्टो अनि मोटो र दह्रो काँटा समेत भएको जंगी पेटी दिएथ्यो उसलाई । भोर्लो काटेर राम्रै फित्ता जोडेथ्यो पिर्कामा ठाहिँलोले । दुई खुट्टाले त मान्छे हिडिरहेथे, झन ठाहिँलो त चार पाउवाला थियो । जत्ति पनि हिँडथ्यो ऊ । हातमा एउटा चप्पल काटेर दुईवटा बनाएका फित्ते खराउ छँदैथिए । लुगाफाटा सबै खस्रा थिए, राता रंगका थिए । टोपी कमै लुगाले बनिहाल्थ्यो, टाउको एकापट्टि कान भन्दा माथि ताछिएको थियो । आफंैले आधुनिक कट्टु सिलाउँथ्यो ठाहिँलो । अरुको जस्तो कट्टुले काम नगर्ने । कुना काप्चा ढपक्कै ढाकेथ्यो उसले । छड्के गन्जी लाँउथ्यो ऊ । त्यो मोल र बाली बिना नै निशुल्क दिने गथ्र्यो उसकै मितदाइ हर्केले । वर्षमा दुईओटा ल्याइदिन्थ्यो हर्केले, किन्नै नपर्ने ।
मितदाइको छोरो शाही सेनाको लाहुरे हुँदा ठाँहिलोलाई झनै मालामाल थियो । हर्केर्ले वर्षमा चारओटा जति लगौटी विष्टहरुकै लुुगा चोरेर पनि दिएकै थियो मितभाइलाई । टोपी मितदाइले नै ठाहिँलाको टाउकोसँग मिल्ने गरी टालाटुली जोडेर टारेकै थियो । ठाहिँलोले रातो बाहेक नलाँउने हुनाले हर्केलाई अलि अप्ठेरो पथ्र्याे । तर पनि अरु कुनै समस्या आउदैनथ्यो हर्केलाई । सवै लुगामा ठाँहिलो आफैं, रंग मिसाँँउथ्यो । रमिते डाँडाको रातोमाटो जत्ति पनि ल्याइदिन्थ्यो हर्केकै छोरो च्यान्टेले । त्येसैमा सातामा दुईचोटी सवै लुगा पालैपलो पकाउँथ्यो ठाहिँलो ।
खानेकुराको दुःखै थिएन उसलाई । हर्केले दिनको तीनचोटी पकाएरै ल्याइदिन्थ्यो । घर छाँउने, दैलो–जस्केलो लाँउने झन्झटै थिएन । एउटा ठूलै ओडार किनेथ्यो उसले । जहाँन जोड्नै भ्याएन । केटाकेटीको झिंझो केही थिएन उसलाई । बाबुआमा जींउदा थिएनन् । बाकीँ नौ दाजुभाइ सबै आ–आफनै धन्दामा लागेथे । चेलीबेटी थिएनन् । ठाइँलो बाक्लै आउँथ्यो मेरो घरमा । म सग्लै फर्केथे , ऊ छोटिएर अनि ढुट्टिएर फर्केथ्यो जगंलबाट । हामी दुई ठूलै राता मान्छेको जमातमा ठूला–ठूला बाघ, भालु र सिंहसँग लडेथ्यांै एकताका । बाघ, भालु र सिहं हामीसँग डराँउथे । तर तिनीहरु घरमा बस्थे ,हामी वनमा । तिनीहरु दिउँसो हिड्थे, हामी राती हिड्थ्यांै । तिनीहरु रुन्थे , चिच्याउथे, हामी हास्थ्ाांंै ,नाच्थ्यांै । तिनीहरु नाङ्गा थिए, हामी लाज ढाक्थ्यौं । हामी सबै राता लुगाले रंगिथ्यांै ।
एक दशक पछि हामी गाउँ फर्किदा ती बाघ , भालु र सिंह सवै शहर पुगिसकेथे । हाम्रा राता मान्छेहरु पनि ठाहिँलो र मलाई छोडेर बाघ, भालु र सिहंकै पछि पछि शहरतिरै पुगेथें । गाउँकै साहिँलो ,माईलो र जेठो मिलेर ठाहिँलोलाई त असली ओडारमा पु¥याए । मलाई पनि पो पाखा लगाए । पूर्व उज्यालो भइसकेथ्यो । म झल्याँस्स ब्युझिँए । अत्तालिंदै जुरुक्क उठेंं । चेत खुल्यो ! राम्रो भो ! होस् आयो ! धन्य उषा ! धन्य विहानी ! म सन्चै छु । अनि त्यो ठाहिँलो नी ???
सम्पन्न