उदयपुर । नेकपा (माओवादी केन्द्र)का नेता तथा प्रदेश १ का इन्र्चाज राम कार्कीले राजनीतिक पार्टी भनेको कुनै जात, धर्म र आस्था नभएको बताउनुहुँदै विचार भएको उद्घोष गर्नु भएको छ ।
उहाँले विचारलाई जातको दर्जा नेपाली राजनीतिक पार्टीहरुले दिएको बताउँदै भन्नुभयो, ‘बढीमा मात्र पार्टीलाई जातको संज्ञा नेकपा एमालेले दिएको छ ।’ पूर्वमन्त्रीसमेत रहनु भएका कार्कीले भन्नुभयो, ‘एमालेका कार्यकर्ता एमालेका विचार त, छैन्, तर, सुर्य चिन्ह छोड्न सक्दिन भन्छन् ।’
उहाँले एमाले मात्र नभएर कांग्रेस पनि सोही अवस्थामा रहेको बताउनु भएको थियो । उहाँले राजनीतिक पार्टी भनेको विचार भएको जनतासामु प्रष्ट पानुपर्ने समेत बताउनु भएको छ । नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटीद्वारा आयोजित पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमा प्रमुख अतिथि कार्कीले माओवादीकै बलमा देशमा गणतन्त्र आएको बताउँदै अब संरक्षण गर्नु पर्ने बेला आएको बताउनु भएको थियो ।
कार्कीले अबको माओवादी केन्द्रको एजेन्डा भनेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जोगाउनु पर्ने बताउनु भयो । उहाँले खड्गप्रसाद ओली, पूर्व राजाका शक्तिहरु सलबलाउन थालेको बताउँदै भन्नुभयो, ‘जनयुद्धले ल्याएका परिवर्तनका एजेन्डाहरु संरक्षण गर्न माओवादी शक्ति केन्द्रित हुनुपर्छ ।’
कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल), माओवादी केन्द्र प्रदेश १ का सदस्यहरु, माओवादी केन्द्र उदयपुरका जिल्ला समन्वय समितिका संयोजक विनोद कटुवाल लगायतले सम्बोधन गर्नु भएको थियो ।
नेता कार्कीको पुरा भाषण भिडियोमा