राहिँलो घरका दशभाइ छोराहरुमध्येको ठाहिँलो भन्दा पछिल्लो जन्म क्रमको छैठौं पात्र हो । राता लुगा देखि राहिँलो बिगत केहि वर्षदेखि नै परै तर्सिने गर्दथ्यो । के भएर हो ? कसैलाइ अत्तोपत्तो थिएन । राता लुगाफाटा देख्नासाथ झस्किन्थ्यो राहिँलो । घरका सबै सदस्यहरु छक्क परेका थिए । सोधनी हुँदा पनि उसले कहिल्यै केहि जवाफ दिंएन । एक दिन होइन, दुई दिन होइन । राहिँलो दुब्लाँउदै गएथ्यो ।
ठूलो जहान, ठूलै भाँडो चढ्थ्यो चुल्होमा । राहिँलो ठूलै खुराकको मान्छेमा पथ्र्यो । दिन दिनै उसको खुराक घट्यो । विहे गरेकै थियो । दुई छोरा, दुई छोरी भएकै थिए राहिँलाका । छोराछोरी पनि महँगा विद्यालयमा पढाउन सकेन उसले । सरकारी विद्यालय, त्यसमा पनि खोंचको ठाँउ, राम्रो पढाई नहुने । जहिले प्रधानाध्यापकलाई भेट्दा पनि उसले चारैओटा छोराछोरीको पढाइको राम्रो कुरा सुन्न पाएन । आफू पनि दुःखजिलो स्वदेशकै साधारण शिक्षामा करिब पन्ध्र वर्ष अघिको सत्र कक्षासम्म पढे्थ्यो राहिँलोले । पढाइले हातमुखको भेट गराएन । लुगाफाटा नटाली लाँउने बनाएन सत्र कक्षाले । न उसले गोजिमा दुई पैसा बोक्नै पायो, न जागिरै खायो उसले । दुई बीस तिन वर्षको कट्मिरो उँमेरमा विहे गरेथ्यो विचरा राहिँलोले । लगातार चार सन्तान भए । खाने, बस्ने, लाँउने अनि गिदीमा अक्षर र चेत भर्ने बस्तु केटाकेटीले भेट्टाएनन् राहिँलोबाट । अर्धाङ्गिनी अर्धनाङ्गो भएरै बस्नु प–यो उसका घरद्वारमा । ऊ बाहेक पाँचै जना राता लुगा भनेपछि हुरुक्कै हुन्थे घरमा ।
एक दिन म घुम्दै राहिँलो बस्ने महलमा पुगें । उसले महल जम्मै भाडामा लिएको रहेछ । मलाइ पत्तो थिएन । म उसको पहिलेकै घरमा पुगेथें । झुक्किएको पनि थिइन म । “ए रहिँला दाइ यस्तो भब्य महल पो बनायौ ? मलाइ त थाहै थिएन । गरेछौ,गरेछौ । राम्रै उन्नती गरेछौै दाइ,”मैले बोलें । “बिदेश जानेका ठूला घर देखेको, आजत अनौठो देखियो । गँउमै बसेर यत्रो महल ? तिमि ठूलै खप्पर लिएर आएका रहेछौ । मेरो घर त छत चर्किएर पानी नपर्दा मात्रै बस्ने खालको छ,” फेरी थप्दो भएँ । हुन पनि राहिँलो आलिशान आगनमा उभिएको थियो । महल साँढे तीन तलाको जस्तो देखिन्थ्यो ।
म भित्रै छिरें । बिचको बाटो बाट दुईतिर गरी जम्मा छ ओटा ढोका अनि छ ओटै झ्यालका पर्दा लप्की रहेथे । ती सबै निठ्ठा रातो रंगका थिए । राहिँलाका जाहान कोही थिएनन् महलमा । ऊ आँगनमा आटको पाट नचली उभिरहेथ्यो । म दश वर्षपछि बिदेशबाट घामले डडेर कालो ठुटो भै आएको झन्डै एकवर्ष बितेथ्यो । एक तले–चार कोठे पक्की घरमा भित्रै बसेथें लाजले । आफ्नो पसिना सबै त्यसमै थियो मेरो । नाबालक छोरो छोडेर भँगेरी डाडालीसंग टाप ठोकेकी थिई । बाउ छोराको जहान, छोरो सानै थियो मेरो पनि । मैले राहिँलोलाई भित्रै डाकें उसका महलमा ऊ आयो भ–याङ्गमुनि देखाउँदै उ बोल्यो, “दश वर्ष अरु विदेश, म जंगल, खुट्टा दुबै यिनै बैशाखी, सम्पती म आफै ।” म छक्क परें । “ घरको जेठो दाजुले सम्पत्ती हड्प्यो, गाँउका जेठा मामाले पढाइका कागज हडपे बन्दकीमा , बाँकी सानाठूलाले मान अनि जहान हडपे । मौका हडपे, प्रतिष्टा हडपे, गिदी हडपे, घुँडा माथिको सवै जीउ हडप्न खोजे । तर जीउ हडप्न पाएनन् । किनकी मैले रातो लुगा लगाएथें । म काम गर्न नसक्ने, रातो लुगा जेठो दाजु, जेठा मामा अनि बाँकी ठूलासाना सबैले लाँउन छोडि सकेथे । गाँउका सैवै पहिले रातै लाएका भएपनि आज मेरो जस्तो रातो लुगा कसैले लाँउदैनन् । त्यसैले म जोगिंए । ” राहिँलो रापिलो हुँदै बोल्यो । उसले फेरी थप्यो “जहान सबै छोडेर हिँडे । एक्लै बस्छु । त्यसैमा जीउ जोगाँउछु । तर जीउ मास्दिन ।”
म अलि गहिराइमा पुगेर राहिँलोसँग कुरा गरिरहें । सबै बुझें । राता लुगा फालेका मन्छे मात्रै देखेर ऊ मगज मूल्य गुमाएर त्यही महलको तलको भ–याङ्गमुनी जीउ थन्क्याएको मान्छे पो रहेछ । तर अन्तिममा म पनि रातो लुगामै सवार भएको देखेर उसले भन्यो, “अब राहिँलो रुदैन । अब राहिँलो हुँदैन । अब राहिँलो अरु लुगा छुँदैन । काला लुगा धुँदैन । कागज कमल देऊ । म लेख्छु, म ती मान्छेको मगज धुँन्छु । म दास हुन्छु । तिमी, सवै सप्तरंगी मान्छे ! सग्लालाई बोक ! आधालाई छोड ! तर म अझै एकचोटी एक्लै तीन चौथाई जीउ रातो लुगाले लपेट्छु । रातै लुगाको कात्रो किनिराख्छु । परै गए पनि ‘रातो’ देखिराख्छु । एक्लै भए पनि रातो मसिले लेखिराख्छु । रातो बचन बोली राख्छु ।”
ऊ घँुडो ठोकिएर रक्ताम्म भयो । म घर फर्किए । घर पुगेपछि ब्युँझिएँ । जुरुक्क उठें । चेत खुल्यो !!!........................................................................!
समाप्त !