उदयपुर । यस चालु आर्थिक वर्षभित्रै उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिकाले सबै घरधुरीमा बिजुली पुर्याउने लक्ष्य लिएको छ । पालिकाले पहिलो प्राथमिकतामा राखेर बिद्युतीकरणको काम गरि राखेको छ । पालिकाले ५ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने क्रममा बिद्युतीकरण पहिलो, सडक दोश्रो, खानेपानी तेश्रो, भौतिक पूर्वाधार चौथो र कृषि तथा पशुपालनलाई पाँचौ प्राथमिकता राखेर काम गरि राखेको छ ।
बिद्युतीकरणपछि गाउँपालिकाका ८ वटा वडाका ६५०० घरधुरी परिवारका १६ हजार ४ सय ७ महिला सहित ३२ हजार २ सय ५० जनसंख्याले विद्युत उपभोग गर्न पाउने छन । सबै गाउँ बस्तीमा बिद्युतीकरणको काम सकि सकेको छ । नेपाल बिद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रमा एकै पटक ठूलो सख्यामा मिटर उपलब्ध गराउन नसकेकाले सबैको घरमा एकै पटक बिद्युत बाल्न नसकिएको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको भनाई छ ।
पालिकाले २ हजार ९ थान मिटरबक्स खरिद गरि उपभोक्तालाई वितरण गरि सकिएको छ । अपुग मिटरबक्स वितरण गर्न थप३ हजार थान खरिद गर्न नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गाईघाटलाई भुक्तानी दिई सकेको छ । प्रतिमिटर १ हजार ७ सय १२ रुपैयाँ पर्ने मिटरबक्सको मूल्यमा १३ प्रतिशत भ्याटबापत २ सय २२ रुपैयाँ ५६ पैसा थप्दा १ हजार ९ सय ५६ रुपैयाँमा खरिद गरि उपभोक्तलाई दिएका छन् । अपुग उपभोक्ताका लागि गाउँपालिका थप ४ हजार थान मिटरबक्स खरिद गर्न गाउँपालिकाले ७८ लाख २४ हजार रुपैयाँ बुझाएका छन् ।
गाउँपालिका र सामुदायिक विद्युतीकरण विभागको उदयपुरगढी ग्रामीण सामुदायिक विद्युतीकरण आयोजनाको संयुक्त लगानीमा ६५ करोड रुपैयाको लागत स्टमेटमा बिद्युतीकरण गरिएको हो । त्यसमा समुदायले बेहोर्नुपर्ने १० प्रतिशतबापतको ५ करोड ४० लाख रकम जुटाउन स्थानीयबाट संकलित ३ करोड २० लाख र गाउँपालिकाबाट २ करोड २४ लाख रुपैयाँ खर्च गरि सकेको छ । विद्युतीकरणको पहिलो चरणमा कस्मिक रेणु जेभी काठमाडाैंले काम गरेको थियो भने दोस्रो चरणमा वाइबा इन्क्राफ्ट प्रालि स्वयम्भू काठमाडौंले काम गरि रहेको छ ।
स्थानीय तहको निर्वाचनका बेला नै उदयपुरगढी गाउँपालिकाको प्रमुख नारा सडक र विद्युतीकरण थियो । निर्वाचनको बेला लगाएको नारालाई पूरा गर्ने क्रममा रहेको गाउँपालिका अध्यक्ष मगरको भनाइ छ । पालिकाको २ हजार ९ सय घरधुलीमा बिजुली बलि सकेको अध्यक्ष मगरले बताउनु भयाे ।
पालिकाबासीले चालु आर्थिक वर्ष भित्रमा नै सबै घरधुरीमा बिजुली बत्ती बाल्न पाउनेछन । गाउँपालिकामा सामुदायिक विद्युतीकरण विभागको उदयपुरगढी ग्रामीण सामुदायिक विद्युतीकरण आयोजनामार्फत गाउँबासीलाई विद्युत सेवाको पहुँचमा पुर्याउने काम भई रहेको अध्यक्ष मगरले बताउनु भयाे ।
योजना सम्पन्न भएपछि गाउँपालिकाका ८ वटा वडाका ६५०० घरधुरी परिवार लाभान्वित हुनेछन् । यसअन्तर्गत १६ हजार ४ सय ७ महिलासहित ३२ हजार २ सय ५० जनसंख्याले विद्युत उपभोग गर्न पाउने गाउँपालिका अध्यक्ष मगरले जानकारी दिनुभयाे । स्थानीय तहको निर्वाचनका बेला नै उदयपुरगढी गाउँपालिकाको प्रमुख नारा सडक र विद्युतीकरण थियो । निर्वाचनको बेला लगाएको नारालाई पूरा गर्ने क्रममा रहेको गाउँपालिका अध्यक्ष मगरको भनाइ छ ।
अध्यक्ष मगरले वडागत जनसंख्याअनुसार वडा नम्बर १ का ८४३ घरधुरीका २ हजार ५ सय ५५ जना छन भने वडा नम्बर २ का ६१३ घरधुरीका ३ हजार १ सय ९ जनसंख्या रहेको छ । त्यस्तै, वडा नम्बर ३ का ५५७ घरधुरीका ३ हजार १सय७१, वडा नम्बर ४ का ४०० घरधुरीका २० हजार ८ जनसंख्याले विद्युत उपभोग गर्न पाउनेछन भने वडा नम्बर ५ का ९२५ घरधुरीका ४ हजार ७ सय ६१ जनसंख्याले बिजुली बाल्न पाउनेछन् । वडा नम्बर ६ का १०२४ घरधुरीका ७ हजार १ सय ३६ जना, ७ का १ हजार २ सय ८६ घरधुरीका ४ हजार ७ सय १४ तथा ८ नम्बर वडाका ९२६ घरधुरीका ४ हजार ७ सय १४ जनसंख्या विद्युतबाट लाभान्वित हुनेछन् ।
विद्युत बाल्न पहिलो चरणमा २ हजार ९ थान मिटरबक्स उपभोक्तालाई वितरण गरिसकिएको हुँदा २ हजार ९ सय घरधुरीमा बिजुली बलि सकेको छ । अपुग मिटरबक्स वितरण गर्न थप ४ हजार थान खरिद गर्न नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गाईघाटलाई भुक्तानी दिई सकेको जानकारी दिए । प्रतिमिटर १ हजार ७ सय १२ रुपैयाँ पर्ने मिटरबक्सको मूल्यमा १३ प्रतिशत भ्याटबापत २ सय २२ रुपैयाँ ५६ पैसा थप्दा १ हजार ९ सय ५६ रुपैयाँ पर्ने प्रमुख प्रशासन अधिकृत माधव सुवेदीले बताउनु भयाे ।
अघिल्लो आर्थिक वर्षमा पालिकाले १ हजार ९ सय मिटरबक्सको मूल्य ३७ लाख १६ हजार ४ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गरि मिटर बक्स ल्याएको जनाए ।
अपुग उपभोक्ताका लागि गाउँपालिका थप ४ हजार थान मिटरबक्स चालु आर्थिक वर्ष खरिद गर्ने प्रक्रियामा रहेको छ ।
त्यसका लागि गाउँपालिकाले ७८ लाख २४ हजार रुपैयाँ बुझाउने अन्तिम तयारी भइरहेको अधिकृत सुवेदीले बताउनु भयाे । गाउँपालिकाले विद्युतीकरणका लागि पहिलो चरणमा ३३ करोड र दोस्रो चरणमा २१ करोड गरी ५४ करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ ।
प्रारम्भिक चरणमा ६५ करोड रुपैयाँको लागत स्टिमेट गरिएको आयोजनाका लागि स्थानीय जनसहभागिताबापत नगदै १० प्रतिशत जुटाएको र बाँकी ९० प्रतिशत सरकार, सामुदायिक विद्युतीकरण विभागले उपलब्ध गराएको छ । समुदायले बेहोर्नुपर्ने १० प्रतिशतबापतको ५ करोड ४० लाख रकम जुटाउन स्थानीयबाट संकलित ३ करोड २० लाख र गाउँपालिकाबाट २ करोड २४ लाख रुपैयाँ खर्च गरिएको छ । यसका लागि प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई र प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत केही रकम छुट्याइए पनि कानुनी अड्चनले खर्च गर्न नमिलेको सुवेदीले बताउनु भयाे ।
गाउँबासीको घरघरमा बिजुली बाल्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेटमा साझेदारी गर्न जनप्रतिनिधि तयार भएकाले यति छिट्टै बिजुली बाल्ने अवस्थामा पुगेको उदयपुरगढी विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष देव गिरीले बताउनु भयाे । चार वर्षे अवधिमा पालिकाको सबै वडामा सडक र विद्युतीकरण पुगेको छ । विद्युतीकरणको पहिलो चरणमा कस्मिक रेणु जेभी काठमाडाैंले काम गरेको थियो भने दोस्रो चरणमा वाइबा इन्क्राफ्ट प्रालि स्वयम्भू काठमाडौंले काम गरिरहेको छ ।
पहिलो चरणको ठेक्का सम्झौता गत असोजमा सकिएको र दोस्रो चरणको सम्झौता जेठ मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता भएको छ । करिब अन्तिम चरणमा पुगेकाले आगामी असारभित्रै सबै वडामा बिजुली बत्ती बाल्ने योजनामा रहेको उदयपुगढी ग्रामीण विद्युतीकरण उपभोक्ता समिति अध्यक्ष गिरीले जानकारी दिनुभयाे ।
पहिलो चरणमा काम सकिएका उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, ७, १, ५ का २ हजार ९ सय घरधुरीमा बिजुली बाल्ने काम भएको छ भने २ हजारघरधुरीमा बाल्ने तयारीम छ । अन्य वडामा काम सम्पन्न भए पनि मिटरबक्सको समस्याले गर्दा ढिलो भएको र विद्युत प्राधिकरण गाईघाट शाखाले केही दिनमै ४ हजार मिटर उपलब्ध गराउने जानकारी दिएकाले क्रमशः विद्युतीकरण हुँदै जाने अध्यक्ष गिरीले बताउनु भयाे ।
गाउँपालिकाले तय गरेको प्राथमिकताअनुरूप सडक, विद्युतीकरण, खानेपानी, भौतिक पूर्वाधार र कृषि, पशुपक्षीमा लक्ष्यअनुरूप काम भएको उदयपुरगढी गाउँपालिकाका प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयाे । खानेपानीमा सबै वडामा क्रमिक सुधार हुँदै आए पनि केन्द्र रहेको उदयपुरगढीमा भने समाधान हुन नसकेको उनको भनाइ छ । भौतिक पूर्वाधारमा पालिका भवन, वडा भवन, विद्यालय भवन, स्वास्थ्य चौकी भवन निर्माण हुँदै आएको अधिकृत श्रेष्ठले बताउनु भयाे ।