उदयपुर । सामरिक महत्व बोकेको राष्ट्रिय गौरबको आयोजना कहलिएको मदन भण्डारी लोकमार्गले उदयपुरलाई पुर्व पश्चिम जोडेको छ । उदयपुरमा पर्ने अधिकाँस खण्डमा कालोपत्रे लगभग सकिएको छ । अधिकाँस खोलानालामा पुलहरु पनि बसिकेका छन् ।
केहीमा मात्र बाँकी छन् । दुई लेनको मदन भण्डारी लोकमार्गको टनिङ अर्थात घुम्तीको भने विकारल समस्या बन्दै गएको छ । केही अघि मात्र मदन भण्डारी लोकमार्ग हुँदै काठमाडौंको यात्रामा रहनु भएका सुनसरीका राजु लिम्बुले उदयपुर खण्डको अधेँरी झर्नामा गुनासो गर्दै भन्नुभयो, ‘टनिङमा बाँच्नै गाह्रो ? स्पिड बढाउनु नै हुन्न ।’
उहाँले अहिले सवारी साधान पातलो हुँदा टनिङमा समस्या आउने बताउनु हुँदै भन्नुभयो, ‘पूर्वी नेपालका सवारी साधनले यही रुट लिएपछि झनै समस्या हुने रहेछ । सडकमा सवारीको चाप बढेपछि यो ज्यानमारा मार्गको रुपमा कहलिन बेर छैन् ।’
लिम्बुको यात्रा मोटरसाइकलमा थियो । मोटरसाइकल मात्र होईन, यसरी गुनासो गर्ने मालबहक ट्रकका चालक फडिन्द्र बिशंखे पनि हुनुहुन्छ । ‘सडक धेरै राम्रो बनेको छ, तर, घुम्तीले हैराना बनाउँछ । एक घुम्तीबाटे अगाडीबाट आउँदै गरेको सवारी कुनै घुम्तीहरुमा देखिदैन् ।’ दुर्घटना होला भन्ने डर धेरै लिनु पर्छ ।’
यस मदन भण्डारी लाेकमार्गमा यात्र गर्ने सवारी साधनका चालहरुकाे दुर्घटनाकाे जाेखिम माेलेर यात्रा गर्नु पर्ने गुनासाे गर्नु हुन्छ ।भित्री मधेसका जिल्लाहरूलाई सहज रूपमा यातायातको पहुँच पुर्याउने उद्देश्यका साथ पूर्वझापाको शान्ति नगरदेखि पश्चिम डडेलधुरासम्म जोड्ने गरी निर्माणाधिन मदन भण्डारी लोकमार्गको पूर्वी खण्डले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिका हुँदै गएको छ ।
कटारीबाट सिन्धुलीको दुधौली र कमलामाई नगरपालिका हुँदै हेटौंडा जोड्ने लोकमार्गलाई भित्री मधेसको लाइफ लाइन मार्गको रूपमा हेर्ने गरिएको छ । तर, टनिङको मसस्या रहेको छ । केही समय अघि आयोजना प्रमुखले पुरानो साविकै ग्रामिण सडकलाई स्तर उन्नति गरेर मदन भण्डारी लोकमार्ग निर्माण गरिएकाले टनिङको समस्या भएको बताउनु भएको थियो । जसको कारण उक्त माग हाईवेको मापदण्ड अनुसार निर्माण गर्न नेपाल सकारले ध्याँन नदिएको पनि आरोप लगाउनु भएको थियो ।