उदयपुर । उदयपुरमा असार १५ अर्थात ‘धान दिवस तथा रोपाई महोत्सव’ भव्य रुपमा मनाइएको छ ।
जिल्लाका आठ वटै स्थानीय तहमा ‘धान दिवस तथा रोपाई महोत्सव’ भव्य रुपमा मनाइएको छ । सदरमुकामनजिकै बहेडवाको चक्लाबन्दी खेतीमा रोपाँई गरेर मनाइएको छ । त्रियुगा नगरपालिका १३ को बहेडवामा रहेको १ सय ५० बिगाह क्षेत्रफल खेतमा सामुहिक रोपाई गरेर दिवस मनाइएको हो ।
त्रियुगा नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना (जोन) र जिल्ला समन्वय समितिको संयृुक्त आयोजनामा सामुहिक रोपाई गरेर दिवस मनाइएको हो । यसैगरी कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलाका नगरपालिका लगायतका क्षेत्रमा मनाइएको छ ।
मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन । जिल्लाको धान बढी फल्ने क्षेत्र त्रियुगा नगरपालिकाको सबैजसो खेतमा रोपइँ भइरहेको छ । । त्यस्तै दक्षिण पूर्वी भेगका हडिया, जोगीदह, सुन्दुरपुर, तपेश्वरी, बेलटार बसाहा र रामपुर ठोक्शीलाका अधिकतर खेतमा रोपाइँ भएुककेको छ ।
पश्चिमी भेगका कटारी, त्रिबेणी, रिस्कु, तावाश्रीका खेत पनि रोपाइँले रोपो हरियो भइसकेको स्थानीयको भनाइ छ । उदयपुरमा सबैभन्दा बढी मन्सुली धानको खेती गरिन्छ । त्यस्तै हर्दिनाथ १, रामधन, राधा १२, स्वर्णासव पनि लगाइन्छ । पानीको स्रोत कम हुने खेतमा सुख्खा १, २, ३, ४ र ५ र सुख्खा मनसुली लगाउने किसान छन् । उदयपुरमा १४ हजार ७ सय ५० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ ।
फोटो फिचर