चौदण्डीगढी । जनातको आयआर्जन बृद्धि गर्नको लागि अहिले स्थानीय सरकारहरु लागि परेका छन् । त्यसको परिमाण पनि सकरात्मक आउने गरेको छ । स्थानीय तहले गरेका स–साना सहयोगले कृषि क्षेत्रमा लाग्नेलाई उत्पेरणा पनि मिलेको छ ।
यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि स्थानीयलाई पशुपालन व्यवसायमा आर्कषण गर्नको लागि बंगुल, बाख्राको बच्चा (पाठापाठी) वितरण गरेको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्वर २ का विपन्न परिवारको लागि ७२ वटा धराने कालो बंगुरको पाठापाठी र ७० वटा खरी जातको बाख्राको पाठापाठी वितरण गरिएको हो ।
स्थानीय जनताको आयाआर्जनमा बृद्धि गर्नको लागि वितरण गरिएको चौदण्डीगढी नगरपालिका २ का वडा अध्यक्ष सन्तोष सुवेदी उर्फ बलिदानले बताएका छन् । उनले भनेका छन्, ‘यो हामीले विपन्न परिवारको आयआर्जनमा टेवा पु¥याउने उदेश्यले सानो सहयोग गरेका हौँ । यो सहयोग जनताको लागि जारी रहने छ ।, ‘हामी वितरण गरेका ‘बंगुर र बाख्राबाट जनताले आम्दानी गर्ने छन्’
जनतालाई कृषि क्षेत्रमा प्ररेरित गर्दै आयआर्जनमा टेवा पु¥याउने काममा नगरपालिका लागि परेको छ । कृषि क्षेत्रमा आवद्ध विपन्न परिवारलाई पशुपालन क्षेत्रमा स्थानीय सरकारले समेत सहयोग गर्दछ भन्ने अनुभुति दिलाउन बंगुर र बाख्राको पाठापाठी वितरण गरिएको चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईको भनाइ छ ।
उनले भने, ‘जनताको आयआर्जनमा टेवा पुर्याउने हाम्रो पहिलो काम हो ।’ हामीले नगरपालिकाका क्षेत्रमा मासुजन्य पशुपालनको लागि विभिन्न सहयोग गर्दै आएका छौँ । नगरपालिका क्षेत्रमा त्यसको परिमाण पनि सकारत्मक नै आएको छ ।, हामीले कृषि क्षेत्रमा गरेका लगानीले जनताको आयआर्जनमा सुधार हुँदै गएको छ ।’
स्थानीय सरकारले दिनु र जनताले बिपन्नको नाममा लिनु कुनै नौलो कुरा होइन् । यो फेसन जस्तै बनेको छ । झण्डै ९ लाखको लागनीमा नगरपालिकाको आयमुलक कार्यमा सहायता कार्यक्रम अन्र्तगत विरतण गरेको बंगुङ र बाख्राका पाठापाठी लिने र दिनेको फोटोमा मात्र सिमित हुनहुँदैन् ।
भोलिका दिनमा जनतामा गरिएको लागनी आयआर्जनमा परिणत भयो की भएन भनेर नगरपालिका अभिलेख राखै धेरै राम्रो हुने सरोकारवालाहरुको भनाइ छ ।