उदयपुर । कोभिड अस्पतालत बेल्टार उदयपुरका विरामीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । उदयपुरमा आजसम्म ३ सय ५० जना संक्रमित भएका छन् । जिल्लाकै एक मात्र कोरोना अस्पताल चौदण्डीगढी नगरपालिकाको बेल्टार सातधारेमा २६ जना कोरोना संक्रमित उपचाररत रहेका छन ।
उक्त अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको उपचार सहयोग पुर्याउनु र संक्रमणबाट छिटो निकोहोस भन्ने अभिप्रायले आज जिल्लाका विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री सहित बिभिन्न समानहरु हस्तान्तरण गरेका छ्न।
चौदण्डीगढी नगरपालिकाको बेल्टार र सदरमुकाम गाइघाटमा रहेको धनन्तरी आयुर्वेद र संम्राठ आयुर्वेदका संचालक अनिल कटुवालले गुडुची, पन्चतुल्सी, असुरो, बोजो, दालचीनी, तालिस पत्र, जेठीमधु, अश्वगन्ध, बेसार, अर्जुन्छाल, अदुवा, ल्वाङ्ग, मरिच र सुकुमेलको मिश्रण सहितको आयुर्वेदीक औषधी, लाइन्स क्लब अफ गाइघाट हाइटका अध्यक्ष सन्जिव काफ्ले, सचीव संजिव दाहाल र निर्देश राजेश कार्कीको टोलीले मिनरल वाटर २० कार्टुन, पिपी १० सेट, मास्क २५० पिस, खाद्यान्न, सेनिटाइजर, ग्लोवस र गाइघाट जेसीले फलफुल, सेनिटाइजर र सेनिटरी प्याड हस्तान्तरण गरेको हो ।
कोभिडका बिरामीको उपचारमा सहयोग पुग्ने उद्देश्य सहित आज अस्पताल परिसरमै पुगेर चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईलाई उक्त समान हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा त्रियुगा उधोग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत सहित लाइन्स क्लब अफ गाइघाट हाइटका प्रतिनिहरु, गाइघाट जेसीका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
![](https://1.bp.blogspot.com/-ygY6euyy9ww/YJ5eY7w_JPI/AAAAAAAAAOw/Z3FCFDq0DeEBMjQG99tYVR_vvYMR9vq0gCLcBGAsYHQ/s16000/88.jpg)
![](https://1.bp.blogspot.com/-XIAiXmfdJyc/YJ5eXbFVLMI/AAAAAAAAAOk/qzC76A2wVu8lEaZO6sZwjJ1C3weuLvWBACLcBGAsYHQ/s16000/3.jpg)
![](https://1.bp.blogspot.com/-Wp15uDptgHg/YJ5eXRJYFiI/AAAAAAAAAOg/IuHHy8aHJiwHihkYahj1PaEbEFR3Kp6HQCLcBGAsYHQ/s16000/2.jpg)
![](https://1.bp.blogspot.com/-VSsA2lj_2dQ/YJ5eXUhuRnI/AAAAAAAAAOc/LzWa8xfr3l4hEnEsmiy71rf7vZ9ngPbwQCLcBGAsYHQ/s16000/1.jpg)
![](https://1.bp.blogspot.com/-SaHX8vK0jb4/YJ5eSYHLZqI/AAAAAAAAAOY/QwjbJ9UVoo8pH3GzmpQ34YEKl6qmA45YQCLcBGAsYHQ/s16000/1.jpg)