कटारी । कटारी नगरपालिका वाडा नम्वर ११ लाई तरकारी तरकारीको राजधानी बनाउने अभियान थालिएको छ । वाडा कार्यालयले तरकारीबाटै वाडालाई सम्बृद्धि हाँसिल गर्नको लागि भन्दै तरकारीको राजधानी बनाउने अभियान सुरु गरेको हो ।
वाडा कार्यालयले तरकारी खेतीको प्रचुर सम्भवना रहेकाले किसालाई तरकारी खेती सम्बन्धी तालिम, कृषि औजार, विउ विजन सहयोग गर्दै आएको छ । वाडा अध्यक्ष दिपक बुढाथोकीले किसानलाई व्यवसायिक तरकारी खेतीमा आकर्षण गरिरहेको बताए । ‘यस क्षेत्र तरकारी खेती गर्न उपयुक्त छ,’ उनले भने, ‘यहाँ उत्पादन भएको तरकारीको बजारीकरण गर्न पनि सजिलो छ, विहानको ताजा तरकारी कटारी, घुर्मी, ओखलढुँगा वा राजधानी काठमाडौंसम्म एकै दिनमा पु¥याउन सकिन्छ ।’ यस क्षेत्रमा किसानहरु पनि गएको तीन वर्ष अगाडीदेखि व्यवसायिक तरकारी खेती गर्दै आइरहेका छन् ।
किसानले उत्पादन गरेको तरकारी सिद्धिचरण राजमार्गबाट मध्यपहाडी राजमार्गहुँदै काठमाडौं पनि पुग्ने गरेको छ । यस आर्थिक वर्षमा तरकारी खेतीमा किसानलाई आकर्षण गर्न वाडा कार्यालयले कृषि औजार, तरकारी खेती गर्न आवश्यक पर्ने टनेल, मिनि ट्याक्टरसमेत वितरण गरेको छ ।
उनका अनुसार आथिर्क वर्ष २०७७/७८ को नगरसभाबाट पारित कृषि उत्थान तथा विकास कार्यक्रम अन्र्तगत विभिन्न कृषि सामग्रीसमेत वितरण गरिएको छ । ‘मिनि टेलर ७ थान, प्लाष्टिकका टनेल ३० वटा, प्लाटिकका गोला १५ थान, तरकारी मिनिकिट एकसय, अकवरे खुर्सानीको विउ एक किलो वितरण गरिएको छ,’ उनले भने, ‘उक्त सामाग्रीमा कटारी नगरपालिकाबाट वाडामा आएको १२ लाख ५० हजार र महाभारत सामुदायिक सँस्थाको २ लाख गरी १४ लाख ५० हजार रहेको छ ।’
यस क्षेत्रका किसानले बेमौसमी तथा मौसमी तरकारी खेतीलाई आम्दानीको स्रोत बनाउँदै लगेका छन् । विभिन्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा किसानले गर्न थालेको तरकारी खेती आम्दानीको स्रोत बन्न थालेको छ । सामान्य घर खर्च चलाउने मात्र नभएर व्यवसायी रुपमै तरकारी खेती गर्दा वार्षिका रुपमा दुई÷तीन लाख रुपैयाँसम्म लिने गरेको किसानहरू बताउँछन् ।
किसानको जीवनस्तर उकास्न सहयोगी बनेको खेतीलाई किसानले प्रमुख खेती रुपमा विस्तार गर्दै लगेका छन ्। कटारी नगरपालिका ११ का वाडा अध्यक्ष बुढाथोकीले तरकारी खेतीलाई आधुनिकरणसँगै व्यवसायीकरण गर्न कटारी नगरपालिकानै लागि परेको बताए ।
‘हामीले वडा कार्यालय र नगरपालिकाको कार्यालयबाटै किसानलाई विभिन्न साथ सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘कटारी नगरपालिकामा मध्यवर्गीय किसानको आम्दानीको स्रोत तरकारी खेतीलाई बनाउन सकिन्छ ।’