उदयपुर । आगामी असोज १२ र १३ गते हुने कोसी प्रदेश अधिवेशनको लागि नेकपा एमाले उदयपुरले प्रतिनिधि छनोट गरेको छ । उदयपुरको आठवटै पालिकाबाट सहमतिमै कोसी प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनोट गरेको हो ।
प्रथम प्रदेश अधिवेशनको लागि ८ वटा पालिका र २ वटा क्षेत्रगत प्रतिनिधीहरु सर्वसम्मत रुपमा टुङ्िगाएको नेकपा एमाले जिल्ला कमिटी उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरले बताउनुभयो । घिमिरेले भन्नुभयो ‘उदयपुर जिल्लाको भुगोलबाट ३१ जना प्रतिनिधी प्रदेश अधिवेशनमा सहभागि हुने छन् ।’
सबै भन्दा बढि त्रियुगा नगरपालिकाबाट १० जना र सबै भन्दा कम लिम्चुङबुङबाट एकजना प्रतिनिधी चयन भएका छन । दलित समुदायबाट २ जना र मजदुरबाट ३ जनाले अधिवेशनमा भाग लिने घिमिरेले बताउनु भयो ।
जसमा त्रियुगा नगरपालिकाबाट प्रकाश बस्नेत, ईश्वरमणी राउत, भागवत राउत, बिमल कार्की, नारद थापा, चन्द्र नारायण चौधरी, धिरेन्द्र दाहाल साथै त्रियुगा नगरपालिकाको महिला कोटाबाट भवानी थापा, गिता रेग्मी, महेस्वरी राईले भाग लिने छन ।
यसै गरी बेलका नगरपालिकाबाट दुर्गा कुमार थापा (स्वस्ती), धनपती आचार्य, सृजना तामाङ, चौदण्डीगढी नपाबाट पदमबहादुर राई, शम्भु पौडेल, कान्ता राई, कटारी नपाबाट ज्ञानेन्द्र श्रेष्ठ काजी, जिवनाथ दाहाल, रतन पोख्रेरेल, कला घले र गिता खड्काले प्रतिनिधित्व गर्ने छन ।
यता लिम्चुङबुंङ्ग गाउँपालिकाबाट देवराज राई, ताप्लीबाट बाबुराम राई र कमलमाया राई, उदयपुरगढी गापाबाट शैलेश लामा, गोपाल खत्री, र संङ्गिता बिस्वकर्मा, रौतामाई गापाबाट अम्मर बहादुर रायमाझी, कैलाश बस्नेत, जिबन कुमार कार्की (कुशल), कुमारी आले मगर चयन भएका छन ।
मुक्ति समाज दलित तर्फको कोटाबाट दिलिप रसाइली (फुन्दे), बेनीबहादुर नेपाली, मजदुरबाट दिलबहादुर तामाङ, कृष्ण केशी र माया भण्डारी प्रतिनिधी छनोट भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे ।