उदयपुर । देशभर रहेका राष्ट्रसेवक सहकारी संस्थाहरुको एकीकरण गर्ने नितिगत निर्णय गर्दै कोशी प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको छ । कोशी प्रदेशमा पर्ने १४ जिल्लाका राष्ट्रसेवक सहकारीका संचालकहरुको दुई दिने भेला शनिबार उदयपुर सदरमुकाम गाईघाटमा १९ बुँदे उदयपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
भेलाले सहकारीमा हाल देखिएको समस्या समाधान गर्न नितिगत व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । घोषणा पत्रमा सहकारी मैत्री कानुनको अभावमा केही सहकारीमा समस्या देखिएकाले समस्या देखिएका सहकारीको समस्या चाडै समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।
भेलाको उद्घाटन गर्दै नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले संघीय निजामति ऐन तत्काल जारी हुनु पर्नेमा जोड दिनु भयो । कर्मचारी संघठनका अध्यक्ष कोईरालाले तिन वटै तहमा कार्यरत कर्मचारीहरु समान हुने गरी संघीय निजामति ऐनमा व्यवस्था गरिनु पर्ने संगठनको वटमलाईन रहेको जानकारी दिनु भयो ।
निजामती कर्मचारी संगठनका सदस्यहरुले ६८ जिल्लाहरुमा राष्ट्रसेवक सहकारी संस्था गठन गरेर आर्थिक क्रियाकलाप गर्दै आएका छन ।
राष्ट्रसेवक सहकारीको कोशी प्रदेशमा मात्र ५ हजार ८ सय शेयर सदस्य र करिब ८४ करोड पुँजी रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था उदयपुरका अध्यक्ष केदार दाहालले जानकारी दिनु भयो । करिब २५,००० शेर सदस्य सहित ३ अर्ब पुजि संकलन गरि कारोबार गरि रहेको छ ।
प्रकाशित मिति:
शनिबार, चैत ११, २०७९, १७:५६:००