कटारी । कटारी नगरपालिका भित्र रहेका ६ वटा प्रहरी चौकीहरुलाई विपदका समयमा आवश्यक उद्धार सामाग्रीहरु वितरण गरिएको छ । कटारी नगरपालिकाले प्रहरी चौकी वडा नम्बर १ को वेलसोत, ७ को प्रहरी चौकी रिस्कू, १२ को प्रहरी चौकी वसेरी, १४ को प्रहरी चौकी घुर्मी, १० को प्रहरी चौकी सोरुङ्ग छविसे, र ११ को अस्थायी प्रहरी पोष्ट वेतेनीलाई सामाग्री वितरण गरेको हो ।
कटारी नगरपालिकाकी उपमेयर गिता खड्काले चौकी प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गर्नुभयो । उद्धार गर्ने डोरी प्रति चौकी सय मिटर एक एक थान , मल्ट्रप्रपोज हम्मर, भर्याँङ्ग, लाईफ ज्याकेट चार चार थान, हेडलाईट दुई दुई थान, पञ्जा चार चार थान, सेफ्प्टी ज्याकेट चार चार थान , हेल्मेट चार चार थान, स्ट्रेचर, साबेल लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कुनै पनि आईपर्न सक्ने विपतमा क्षति न्युनिकरण गर्नका लागि प्रतिकार्य सामाग्रीहरु वितरण गरिएको उपमेयर खड्काले बताउनुभयो । त्यसैगरी उक्त सामाग्रीहरु नगरपालिकाले नगरपालिकाको दमकल शाखामा समेत राखेको छ ।
प्रकाशित मिति:
बुधबार, चैत ८, २०७९, १६:२३:००