मुर्कुची । उदयपुरकाे राैतामाई गाउँपालिका-८ का आगलागी पीडितलाई आर्थिक सहयाेग गरिएकाे छ । राैतामाई गाउँपालिका मुकुर्चीका शिक्षक व्यवसायीले आर्थिक सहयाेग गरेका हुन् ।
गएकाे फागुन २६ गते रौतामाई -८ पाँबुमा बिधुत सटभइ आगलागी हुँदा साेही स्थानका रामबहादुर मगरका ६ वर्षे छोरी जस्मिन मगर र दुई वर्षे छोरा रोजन मगरको जलेर मृत्यु भएको थियाे । साेही पीडित परिवारलाई मुर्कुची बजारमा रहेकाे व्यवसायी र शिक्षकहरुले सहयाेग संकलन गरी जम्मा रु ४२ हजार ३४५ सहयाेग गरेकाे व्यवासायी उद्धव राउतले जानकारी दिनुभयाे ।
उहाँले अन्य सहयाेगी मनहरुलाई पनि सहयाेग गरिदिनु हुन अनुराेध गरेका छन् । मगरको ढुँगा माटोले बनेको टिनको छाना भएको दुई तले घरमा बिद्युत सर्टभई अचानक आगलागी भएको थियो । उनले भने, ‘घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तनसमेत जलेको छ, अचानक आगलागी हुँदा भाग्न नसकेर बालबालिकाको मृत्यु भएको हो ।
प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, ०९:५०:००