काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवन र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने उहाँको चेतावनी छ । जनताले लडेको युद्धलाई अपराधीकरण गर्न सम्भव नभएको बताउँदै महासचिव विप्लवले यस्ता गतिविधिमा संलग्नलाई छुट दिन नसकिने उल्लेख गर्नुभएको हो ।
जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो । सुकुमबासी, महिला, मजदुर, श्रमिक जनता, एकदम पिँधमा रहेका पीडितले लडेको युद्ध अपवादमा यो एउटा युद्ध हो,’ उहाँले भन्नुभयो, ‘यसलाई अपराधीकरण गर्ने उद्देश्यले जो आएको छ, उसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’
प्रकाशित मिति:
बुधबार, चैत १, २०७९, १७:३०:००