उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ पाटाखोलामा आगोलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ । सोही स्थानका रामबहादुर मगरको घरमा विद्युत सटभई आगालागी हुँदा उनकै ६ वर्षे छोरी जस्मिन मगर र दुई वर्षे छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको ढुङगा माटोले बनेको टिनको छाना भएको दुई तले घरमा बिद्युत सर्टभई अचानक आगलागि भएको थियो । उहाँले भन्नुभयो, ‘घर, घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तनसमेत जलेको छ, अच्चनाक आगलागी हुँदा भाग्न नसकेर बालबालिकामो मृत्यु भएको हो ।
उहाँका अनुसार आगोलागी बाट १० लाखको क्षति भएको छ । यसैगरी रौतामाई गाउँपालिका–८ डुडेमा पनि आगलागीबाट ४४ लाखको क्षति भएको छ । पोदारका अनुसार मानबहादुर कटुवालले सञ्चालन गरेको ‘रौता राकुली कृषि तथा पशुपन्छी फर्म’ विद्युत सर्टभई आगोलागी हँुदा फर्म भित्र रेहेका निम्न प्रजातिका बाख्रा, खसी, बोका र पाठापाठीसहित जलेर क्षति भएको छ ।
प्रकाशित मिति:
शनिबार, फागुन २७, २०७९, ०८:५३:००