विराटनगर । नेकपा एमालेकी प्रदेशसभा सदस्य सिर्जना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित हुनुभएकाे छ । शनिबार प्रदेशसभामा भएको निर्वाचनमा उहाँ सत्तारूढ गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे ।
दनुवारले ५७ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे । यस्तै नेपाली कांग्रेसकी लिलाकुमारी राईले ३३ मत प्राप्त गर्नुभएकाे थियाे । आजको प्रदेशसभामा ९० जना संसद उपस्थित हुनुहुन्थ्याे । दनुवारलाई निर्वाचित गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गर्नुभएकाे थियाे ।
उहाँले गरेको प्रस्तावमा माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगरले समर्थन गर्नुभएकाे थियाे । प्रदेशसभामा उपस्थित रहेका सदस्यको बहुमत प्राप्त गरेकाले संसद दनुवारलाई उपसभामुखमा निर्वाचित भएको सभामुख बाबुराम गौतमले घोषणा गर्नुभएकाे थियाे ।
संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति:
शनिबार, पुस ३०, २०७९, १८:०२:००