उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटमा होटल खोली वेश्यबृत्ति गराउने गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नयाव उपरीक्षक रोकेशकुमार पोदारका अनुसार त्रियुगा नगरपालिका–९ की सर्मिला दनुवार र त्रियुगा नगरपालिका–१ की देवकुमारी चौधरी पक्राउ परेका हुन् ।
त्रियुगा नगरपालिका–११ गाईघाटमा निकिता नामका होटल सञ्चालन गरी विभिन्न स्थानबाट महिलाहरू बोलाई विभिन्न आर्थिक प्रलोभनमा पारी यौनधन्दा सञ्चालन गरी बेश्यावृति गराउने गरेको प्रहरी नयाव उपरीक्षक पोदारको भनाइ छ ।
उनले प्रहरीले छापा मार्दा होटलबाट शंकास्पद मानिससहित यौनजन्य कार्यमा प्रयोग गरिने अस्थाई साधनसमेत बरामद गरेको बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धान पश्वात पक्राउ परेका दनुवार र चौधरीले यौनधन्दा संचालन गर्ने गरेको प्रमाणित भएको छ, पक्राउ परेका दुवैलाई जिल्ला अदालत गाईघाटबाट मानव बेचविखन मुद्दामा दिन ५ (पाँच) म्याद लिई थप अनुसन्धान भईरहेको छ ।’
प्रकाशित मिति:
शनिबार, पुस २३, २०७९, १६:४०:००