उदयपुर । काठमाडौंमा चोरी गरी भागेका एक चोर उदयपुरको गाईघाटमा पक्राउ परेका छन् । काठमाडौंमा चोरी गरी भागेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ वर्षे सुजन गिरी उदयपुरको गाईघाटमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारका अनुसार पक्राउ परेका गिरीको साथबाट चोरी गरेका समान पनि बरामद भएको छ । उहाँले भन्नुभयो, ‘नगद एक लाख ८५ हजार चासय १५, अमेरीकी डलर दुईसय ९२, भारतीय रुपैँया दुई लाख ५९ हजार एकसय, युरो रू. ८० रुपैँया बरामद भएको छ ।’
उहाँका अनुसार चाँदिको जस्तो देखिने सिक्री २ थान, चाँदिको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेलो धातुको औठी एक, घडी एकथान, मोवाईल चारथान, बुद्धचित्त दान ८० पिस, र सानो रुद्राक्ष माला एकथान बरामद भएको छ ।
पोदारले उदयपुरको त्रियुगा नगरपालिका ११ मिनि मार्केट रहेको गिफ्ट पसलमा पेस्तोल पाईन्छ भनि सोधी रहेको भन्ने जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटि गएको बिशेष प्रहरी टोलीले पेस्तोल किन्न खोज्ने व्यक्तिलाई गाईघाट बजारबाट सोमबार पक्राउ गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा सोधपुछ गर्दा निज बिगत ५÷६ दिनदेखि गाईघाटमै रहेको मेलिना होटलमा बस्दै आएको छु भने, त्यसपछि होटलमा रितपुर्वक खान तलासी गर्दा सामान बरामद गरिएको हो ।
पोदारले उक्त सामान काठमाडौं बौद्धमा चोरी गरी भागेको रहस्य खुलेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौंको बौद्धमा चोरी गरी भागेको थाहा पाएपछि प्रहरी बृत बौद्ध काठमाण्डौसँग समन्वय गरी आवश्यक कार्वाहीको लागि बरामद भएको सामान र गिरीलाई प्रहरी बृत बौद्ध काठमाण्डौ पठाएका छौँ ।’