उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागूऔषसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार सिरहाबाट उदयपुरतर्फ आउदै गरेको प्र२–०३–००५प१३७८ नम्वरको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–३ का वर्ष २६ को बिरेन्द्रसिंह महत्तो र सिरहा बरियारपट्टी गाउँपालिका–४ का वर्ष २४ का सुरेन्द्र राय रहेका छन् ।
पक्राउ परेका उनिहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाईजेल्याव ५० एम्पुल, फेनार्गन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल गरी जम्मा –१५० एम्पुल बरामद गरिएको पनि उनको भनाइ छ । हिजो विहीबार पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति:
शुक्रबार, पुस १५, २०७९, १८:५३:००